काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो । सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा उच्चगुणस्तरको भन्दै आयात भैरहेको छ । अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ ।
यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ । मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायहरु मार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।
यसैगरी, कार्यक्रम संचालन भइरहेका जिल्लाहरुमा आँखा कार्यक्रम संचालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने मन्त्रालयले सम्झौता गरेको छ ।
मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पक्षात उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानून बमोजिम भन्सार तथा मूल्य अभिवृद्धि कर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यत्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।
सम्झौता आदानप्रदान पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डाक्टर सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको उल्लेख गरे ।
उनले अन्तर्राष्ट्रिस्तरमा ख्याती प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्यांंकन गर्दै थप सहयोग पुर्याउनुपर्छ भनेर सम्झौता गरिएको बताए ।
‘उहाँले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ, आगामी दिनमा पनि हामी सघाउन तयार छौं ।’
डाक्टर रुइतले स्वास्थ्य मन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताए । ‘स्वास्थ्य मन्त्रीज्यूले सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ,’ उनले भने, ‘हामी हातेमालो गर्न तयार छौं । हामीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धाका लागि सघाउन आग्रह गर्दछु । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: