Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

मजदुर संगठनहरुले बुझाए हानलाई ध्यानाकर्षण पत्र, देशैभर अभियानात्मक कार्यक्रम

खबरडबली संवाददाता

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल (हान)लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्बजनिक गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा माजदुर संघका अध्यक्ष कुमार पन्त, नेपाली काँग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलिले गत वैशाखमा बुझाएको ६ शुत्रीय मागको अहिलेसम्म पनि सम्बोधन नहुनु दुःखद भएको बताए ।

हानका सिइओ टेकेन्द्र बहादुर महतले मजदुर अध्यक्षहरुको ध्यानाकर्षण तथा अभियानात्मक पत्र बुझ्दै आफू मजदुरहरुको विषयमा गम्भिर तथा सकारात्मक भएको बताउँदै, उक्त पत्रलाई हानको कार्यसमितिमा पेस गर्ने जनाए ।

“मजदुर संगठनहरुले १७ वर्षदेखि खाइपाई आएको सेवाशुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तररुपमा छलफल गर्दै नेपाल सरकार हानलगायतका सरोकारवालाहरुलाई ज्ञापन पत्र तथा माग पत्र राखी सेवाशुल्कको पुनः प्राप्ति र अन्य श्रमिक पक्षीय कानूनी व्यवस्था गर्न आह्वान गर्दछौं ।” सो पत्रमा उल्लेख छ ।

मजदुरहरुको गुमेको अधिकारहरु र सेवाशुल्क कानूनीरुपमा पुनः प्राप्तिको व्यवस्था नभएसम्म अभियानलाई निरन्तर चलाइरहने मजदुर नेताहरुले जानकारी दिएका हुन् ।

संगठनहरुले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने साथै प्रधानमन्त्री, अर्थमन्त्री, श्रम तथा सामाजिक सूरक्षा मन्त्री, पर्यटन मन्त्री तथा सबै दलका संसदिय दलको कार्यालयमा ज्ञापन पत्र बुझाउनेदेखि सरोकारवाला पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । त्यसैगरी चैत २५ गते टे«डयूनियन महासंघहरुको उपस्थितिमा काठमाडौंमा विशाल मजदुर सभा गर्ने कार्यक्रम सार्बजनिक गरेका छन् ।

त्यसपछि पनि सेवाशुल्क पुनः प्राप्ति हुनेगरी कानूनी व्यवस्था गर्ने सुनिश्चितता हुनेगरी माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending