Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

झापाका विद्यार्थीले दिएको मन्तव्यको अन्तर्राष्ट्रिय चर्चा, हिटलरको शैलीसँग तुलना

खबरडबली संवाददाता

झापा  । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । धुलाबारीको होलिबेल स्कुलको २४औं वार्षिकोत्सवका अवसरमा २८ फागुनमा कक्षा १० मा पढ्ने १६ वर्षीय विद्यार्थी आविष्कार राउतले दिएको मन्तव्य भाइरल भएको हो ।

उनको मन्तव्यको भिडियो खिच्ने झापाका सञ्चारकर्मी विजय बरालका अनुसार, उनले राउत अध्ययनरत् विद्यालयको वार्षिकोत्सवको पूरा भिडियो खिचेका थिए ।

‘कार्यक्रमकोबीचमा विद्यार्थीहरूले अभिभावक र अन्य उपस्थितसामू विभिन्न विषयमा बोल्ने क्रम चल्यो, त्यसक्रममा कक्षा १० का आविष्कारले बोल्न हलको माहोल नै अर्कै भयो’, उनी भन्छन्, ‘फर्किएर अर्को दिन मैले त्यो क्लिपमात्र सुरुमा पेजमा अपलोड गरेको थिएँ, केही समयमै त्यो भाइरल हुन थाल्यो ।’

बरालले सुरुमा राउतले मन्तव्य दिएको भाषण ‘विन्जु मिडिया कर्नर’ नामक आफ्नो पेजमा अपलोड गरेका थिए । उक्त पेजमा राखिएको भिडियो यो समाचार तयार गर्दासम्म ८ लाख ४६ हजारभन्दा बढीले हेरिसकेका छन् ।

‘बिर्तामोड झापा’ नामक पेजमा ३१ लाखले यो भिडियो हेरेका छन् । ‘यो पनि बिर्तामोडकै साथीहरूले चलाउनु भएको पेज भएकाले उहाँहरुले माग्नुभयो र मैले दिएको थिएँ’, उनले थपे, ‘पछि अरु थुप्रैले डाउनलोड गरेर आफू अनुकूल अपलोड गर्नुभयो ।’

पछि उनले आफ्नो पेजमा विद्यालयको कार्यक्रमको पूरा भिडियो पनि राखेका छन् । त्यसमा अरु कक्षामा पनि पढ्नेले विद्यार्थीले पनि आ–आफ्नो विषयमा बोलेका देखिन्छ ।

आविष्कारको बोल्दा चाहिँ उनको प्रस्तुतिको शैलीका कारण हलमा उपस्थित धेरैले हुटिङ गरेको सुनिन्छ ।

हिटलरसँग तुलना

मन्तव्यका क्रममा उनले देशको अहिलेको अवस्था, भ्रष्टाचारबारे चर्चा गर्दै यसबारे अहिलेका युवाले नबोले कसले बोल्छ ? भनेर प्रश्न उठाएका छन् ।

‘हाम्रा पितापुर्खाले यो देश बचाउनलाई रगत दिएका छन्, हामी यसलाई गुमाउन सक्दैनौं, हामी निराशालाई जलाउने छौं’, उनले अगाडि भनेका छन्, ‘अब हामी अन्धकारमै रही रहने कि आशाको किरण बन्ने भन्ने निर्णय गर्नुछ ।’

आविष्कारका अनुसार, विद्यालयको अन्तिम वर्ष भएकाले उनलाई शिक्षकहरूले वार्षिकोत्सवमा केही प्रस्तुति दिन भनेका थिए ।

‘मलाई पहिल्यैदेखि वक्तृत्वकलामा रुचि थियो, म भाग लिइरहेको हुन्थे’, उनी भन्छन्, ‘यसपटक पनि सरले केही प्रस्तुति दिनु भनेकाले मैले अघिल्लो दिन बेलुकी यो स्पिच तयार गरेको थिएँ ।’

उनले यसरी दिएको भाषणलाई भारतीय सञ्चारमाध्यमहरूले हिटलरसँग तुलना गर्दै प्राथमिकताका साथ समाचार लेखेका छन् ।

भारतको आर्थिक अखबार ‘द इकोनमिक टाइम्स’ले नेपाली विद्यार्थीले स्कुलमा राखेको मन्तव्यको भिडियो भाइरल भएको भन्दै लेखेको छ । त्यसमा उनको भाषणलाई धेरैले जर्मनका क्रुर शासक एडल्फ हिटलसँग तुलना गरेको उल्लेख गरिएको छ ।

‘आज म यहाँ नयाँ नेपाल निर्माण गर्ने सपना लिएर उभिएको छु‘’ भन्दै दिएको भाषणको केही अंश पनि समाचारमा समावेश गरिएको छ । इकोनमिक टाइम्सले समावेश गरेको एक्समा अपलोड गरिएको भिडियोमा धेरैले उनको आवाज हिटलरको जस्तो भएको उल्लेख गरेका छन् ।

धेरैले यो भिडियोलाई लिएर मिम पनि बनाएका छन् । एक जना प्रयोगकर्ताले ‘भिडियो गेम जिटीएको पाँचौं भर्सन आउनुभन्दा पहिले नेपाली हिटलर पाएको,’ उल्लेख गरेका छन् ।

अखबार दैनिक जागरणले नेपाली विद्यार्थीको भाषणलाई किन हिटलरसँग तुलना भइरहेको छ भनेर भिडियोसहितको सामग्री प्रकाशन गरेको छ । ‘उनले जुन शैलीमा भाषण दिएका छन्, त्यो सुनेर सबै प्रयोगकर्ता हैरान छन्’, भनिएको छ ।

भारतको टेलिभिजन च्यानल एनडीटीभीले नेपालको राजनीतिक र आर्थिक चुनौतिलाई सम्बोधन गर्दै विद्यार्थीले दिएको भाषण नेपालमा राजतन्त्रको पक्षमा आन्दोलन भइरहेका बेला भाइरल भएको उल्लेख गरेको छ ।

भारतको द इन्डियन एक्सप्रेसले पनि विद्यार्थीले बेरोजगारी र भ्रष्टाचारबारे दिएको मन्तव्य हिटलरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेयर गरिरहेको उल्लेख गरेको छ । उसले यो चार्ली च्याप्लिनको प्रसिद्ध भाषण ‘द ग्रेट डिक्टेटर’ बाट प्रेरित भएको भन्दै एक प्रयोगकर्ताले दिएको टिप्पणीलाई समेत समाचारमा समावेश गरेको छ ।

आविष्कार भन्छन्– मेरो भाषण राष्ट्रप्रेमको अभिव्यक्ति हो

तर, विद्यार्थी राउतले भने आफूले देशको अवस्था हेरेर आक्रोशित भएर त्यस्तो मन्तव्य दिएको बताएका छन् ।

‘धेरै उत्कृष्ट विश्वभरि चिनिएका व्यक्तित्वहरूसँग जोडेर पनि भिडियो पनि बनेको रहेछ, मलाई त्यो देख्दा कता–कता हास उठ्छ, अचम्म पनि लाग्छ’, उनले थपे, ‘ममा राष्ट्रप्रति अति नै प्रेम छ, देश प्रेमकै कारण मैले त्यस्तो अभिव्यक्ति दिएको थिएँ ।’

देशको ४० प्रतिशत जनसंख्या युवाको रहेको भन्दै भन्दै विगतको गौरवमय इतिहासलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबमा युवालाई उचाल्न खोजेको उनले बताए । ‘भ्रष्टाचारमा देशको अवस्था लाज मर्दो छ, त्यसैले मैले यस्तो भाषण गरेको थिएँ’, उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending