Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने, अध्ययन गर्दै पुरातत्व

खबरडबली संवाददाता

काठमाडौँ । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ ।

महानगर प्रहरी बलको कार्यालयमा बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले, पुरातत्व विभागबाट स्थानीयले दावी गरेको स्थानको मूर्ति हो कि होइन, भन्ने अध्ययन गरेर आगामी बैठकमा पेश गर्ने निर्णय भएको हो । स्थानीय र सम्पदा अभियन्ताहरुले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) हो भनेर दावी गरेका छन् । यो दावीपछि भेटिएको मूर्ति पूर्ववत स्थानमा फर्काउन सकियोस् भनेर अध्ययन थालिएको हो । वैठकमा महानगरपालिकाको सम्पदा विभागका प्रमुख कुमारी राई, कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायव निरीक्षक लेखबहादुर धागा मगर, पुरातत्व अधिकृत मञ्जरी प्रधान, संग्रहालय अधिकृत पुरुषोत्तम आचार्य, काठमाडौँ महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थसहित पदाधिकारी तथा प्रतिनिधि थिए । 

वैठकमा  कायस्थले, यो मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीम मुक्तेश्वर मन्दिरको मूर्ति भएको दावी उल्लेख गरे । २०७८ साल चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनको भनाइ थियो । कायस्थको भनाइलाई पुष्टि गर्दै कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायव निरीक्षक मगरले पुष्टि गरे । 

पूर्ववत स्थानमा मूर्ति राख्न, यो त्यही ठाउँमा थियो भन्ने पुष्टि गर्नु पर्ने विषय बैठकमा केन्द्रीत थियो । छलफलपछि पुरातत्व विभागले अध्ययन गर्ने, अध्ययनले देखाएको अवस्थापछि थप प्रक्रिया अगाडि बढाउने विषयमा साझा धारणा निर्माण भयो । 

महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा फागुन २४ गते शनिवार विहान करिव १० बजेतिर मूर्ति भेट्टाइएको थियो । नदीभित्रबाट निकालिएको मूर्ति धोइपखाली गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ । कार्यक्रमका फोकल पर्सन सानुमैया महर्जनका अनुसार कालीमाटी पुल र ज्ञानतीर्थको बिच नदी खण्डमा नदी भित्रै फोहरसँग पुरिएको अवस्थाबाट मूर्ति निकालिएको हो । 
आकारमा मूर्ति पूर्ण भए पनि सुक्ष्म कला र अङ्गहरुको आकृति भने विग्रिएको अवस्थामा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending