गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो ।
फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उनले जानकारी दिए ।
‘वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन’, उनले भने, ‘कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’ समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उनको भनाइ छ ।
‘राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्’, कार्यालय प्रमुख सुवेदी भन्छन्, ‘तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने हो भने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।’ २५ मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत रु दुई करोड ७५ लाख रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: