सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १८ गते हुने भएको छ । विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
यसअघि पटक-पटक निर्वाचन मिति तय हुँदा पनि उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित भएको थियो । निर्वाचनका लागि विश्वविद्यालयले सह–प्राध्यापक दीपेन्द्रबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ ।
थापा नेतृत्वको समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार यही चैत ७ बाट निर्वाचन प्रक्रिया सुरु भएर १८ चैतमा मतदान हुनेछ । ७ चैत्रमा विद्यार्थी संघरसङ्गठन दर्ता गर्ने, ८ गते मतदाता नामावली उपर दाबी विरोध र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
त्यस्तै चैत्र १२ गते उम्मेदवारहरूको प्रथम नामावलीको सूची प्रकाशन र उम्मेदवारहरूको विरोधमा उजुरी दिन सकिने छ । १३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १५ गते राति १२ बजे देखि मौन अवधि सुरु हुने र १८ गते बिहान ७ बजे देखि अपराह्न ५ बजे सम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ ।
८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु नेतृत्वविहीन छ ।
तीन वर्षपछि ५ चैत २०७९ मा तय भएको निर्वाचन तालिकामा केही विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
पुनः २८ भदौ २०८१ मा तय भएको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै २६ भदौमा बायोलोजी समूह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू अदालत पुगेका थिए । सोही विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो ।
विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसमा २०७९ चैतमै निर्वाचन सम्पन्न भइसकेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विगत लामो समयदेखि स्ववियु नेतृत्वविहीन बनेपछि उच्च अदालत सुर्खेतले गत माघमा २० चैत २०८१ भित्र निर्वाचन सम्पन्न गराउन विश्वविद्यालयलाई आदेश दिएको थियो ।
सोही आदेशको कार्यान्वयन गराउन विश्वविद्यालयले १८ चैत्रमा निर्वाचन मिति तय गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...
चैत्र २० गते, २०८२ - २१:४०
संसद्मा के भनेका थिए बादलले?
चैत्र २० गते, २०८२ - २१:३४
काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...
चैत्र २० गते, २०८२ - २१:०९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको...
चैत्र २० गते, २०८२ - २०:२८
काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...
चैत्र २० गते, २०८२ - २०:२१
वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...


प्रतिकृया लेख्नुहोस्: