काठमाडौँ । सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।
वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहनु भएको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।
नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनले हाल पोखरामा आफ्नै होटेल व्यवसाय सञ्चालन गरिरहेका छन् ।
त्यस्तै अधिवक्ता आशिष उप्रेती युवा कानुन व्यवसायी हुन् । "लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो। संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ," उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भने ।
उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ। समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: