Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

हुम्लाको नारा लेकमा फसेका सात जनाको उद्धार

खबरडबली संवाददाता

हुम्ला । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकको हिउँमा फसेका सात जनाको संयुक्त सुरक्षा फौजले उद्धार गरेको छ । सदरमुकाम सिमकोटबाट चीनको ताक्लाकोट जाने क्रममा नारा लेकमा जमेको हिउँमा फसेको बेला सुरक्षाकर्मीले जानकारी पाए लगत्तै उद्धार गरेको हो ।

प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले नारा लेकको हिउँमा फसेका सात जना हुम्लावासीलाई हिल्सामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले सकुशल उद्धार गरेको बताए। उनका अनुसार यसरी सुरक्षाकर्मीहरुले उद्धार गरिएका व्यक्तिहरुमा सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँका  ६६ वर्षीय चन्द्र लामा, ३६ वर्षीया बबिता लामा, २६ वर्षीया अस्मीता लामा, ४० वर्षीय क्याम्मा लामा, २३ वर्षीय ईसा तामाङ, सिमकोट गाउँपालिका– ३ का  ३८ वर्षीया छिरिङ पाल्जुम लामा र सिमकोट गाउँपालिका– ७ का २७ वर्षीय रामबहादुर शाही रहेको छ ।

हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उहाँहरूको उद्धार गरेको हो । हिल्सा १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट उद्धार गरेर हिल्सा पुर्याइएको थियो । उद्धार गरिएका सातै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस: कहिले छापामार शैलीमा आएर फेरि केही बोल्नुहोला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...

बालेनको सीमा विवाद अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको जवाफ दिने सहमतिप्रति श्रम संस्कृति पार्टीको असहमति

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उठाएको सीमा विवादसम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने गरी भएको सहमतिप्रति श्र...

मेस्सीको पुनरागमनसँगै आइसल्यान्डमाथि अर्जेन्टिनाको सानदार जित

काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निका...

डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट

काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग प...

साझा धारणा बनाउन विपक्षी दलहरूको छुट्टै छलफलमा

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलहरू छुट्टै छलफलमा जुटेका छन्। रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि साझा धार...

नयाँ सरकारलाई विगतकै गल्ती दोहोऱ्याउने छुट छैन- एमाले सांसद कँडेल

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिक...

मन्त्रालयमै मन्त्री पुनको निवासको व्यवस्थापन, नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ। नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजन...

कैलालीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending