Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

खबरडबली संवाददाता

काठमाडौं । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् ।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै बिदाइ गर्ने प्रचलन थियो । तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन ।

फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ ।

नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रूपमा यो पर्वलाई लिने गरिन्छ ।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात अबिरको होली, रिसायौ कि तरुनी, अबीरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन लोप भइसकेको छ ।

भीमसेन गुठीले परम्परादेखि होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउदै आएको छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भिमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ । सात दिनसम्म लिङ्ग र योनिको पूजा एवं दर्शन स्थानीयले गर्ने गरेका छन् ।

भीमसेन र द्रौपदीको यौन सम्बन्धका प्रतीकलाई यहाँका बासिन्दाले विकृतिको रूपमा नभई सांस्कृतिक महत्त्वको रूपमा संरक्षण गर्दै आएका छन् ।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनिमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ । यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनिको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकको रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास छ ।

यसलाई हेर्दा अश्लिलता प्रर्दशन गरे जस्तो देखिए पनि भक्तपुरका बासिन्दाले धार्मिक मान्यताका रूपमा लिँदै आएका छन् । आज बिहानै भिमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भीमसेनको लिङ्ग दर्शन गरेमा व्यापार बढ्ने विश्वास रहेको बताए । यो लिङ्गको दर्शन गर्न महिला तथा पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन विहान आउने गर्दछन् । लिङ्गको दर्शन गरेर भेटी चढाउने गरेका छन् ।

भक्तपुरका इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ यो पर्वलाई धार्मिक, साँस्कृतिक र सामाजिक पर्वको रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन् । ‘यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ,’ उनले भने, ‘वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतीकका रूपमा होली पर्व मनाउँदै आइएको छ ।’

मन्दिरमा झुड्याइएको काठको लिङ्ग भीमसेनको प्रतिकको रूपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए । यो पुरुष शक्तिको प्रतिकको रूपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार वर्षौँदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर गलत अर्थ लगाउँदै इतिहास, धर्म र संस्कृति मास्न खोजिएको उनी बताउँछन् ।

चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । यसलाई भीमसेनको प्रतीक मानिएकाले व्यापारीले यसको दर्शन गर्ने परम्परा रहँदै आएको छ । व्यापारीले भीमसेनको पुजा गर्ने स्मरण गराउँदै उनले काठको लिङ्गलाई भीमसेनकै रूपमा दर्शन गर्ने र यसो गर्दा व्यापार बढ्ने पुरानो मान्यता रहेको बताए ।

फागुपूर्णिमाका दिन साँझ दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ । त्यसपछि होली समाप्त हुने गर्दछ ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने विश्वास गरिन्छ । नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत अझै गाउने गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending