Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

किन पूर्णिमाको भोलिपल्ट मनाइन्छ मधेसमा होली ?

खबरडबली संवाददाता

होली केबल रङको पर्व मात्र नभई सत्यको विजय, प्रेम, खुसी, नयाँ जीवन र सामाजिक सद्भावको प्रतीक हो। यसले हामीलाई बिगतका कटुता बिर्सेर खुसी, मित्रता र एकतालाई प्राथमिकतामा राख्ने सन्देश दिन्छ। सायद त्यसैले नेपालमा विशेष उल्लासका साथ होली पर्व मनाउने गरिन्छ ।

होलीको कुरा गर्दा भक्त प्रल्हाद, उनका पित्ता हिरण्यकश्यपु र होलिकासँग जोडिएको पाइन्छ । प्रल्हादले आफ्ना पिता हिरण्यकश्यपुलाई सर्वशक्तिमान, श्रेष्ठ नमानी भगवान मान्ने गर्थे।

यसै कारण प्रल्हादलाई जलाएर मार्ने षड्यन्त्र असफल भएको र आगोमा नजल्ने वरदान पाएकी ‘होलिका’ अरुको अहित गर्ने उद्देश्य लिएका कारण भस्म भएकोले नै होली मनाउने गरेको पौराणिक कथन छ ।

होलीको अर्को पक्ष पनि छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ। भगवान कृष्णले राधा र गोपिनीहरूसँग रङ खेल्दै रमाइलो गरेको कथा पनि यो पर्वसँग जोडिएको छ। कृष्णले आफ्नो श्याम वर्ण ९रङ० लाई लिएर चिन्ता व्यक्त गर्दा माता यशोदाले राधालाई रङ लगाउन भनेकी थिइन् ।

राधाले कृष्णलाई रङ लगाएपछि उनीहरूको प्रेम झनै गहिरियो। यसै परम्परालाई जीवन्त राख्न होलीमा रङ खेल्ने चलन छ। र, यो विशेषतस् प्रेमीहरूका बीचमा अझ लोकप्रिय रहेको छ ।

धर्म एउटै, चलन एउटै, कथा एउटै भए पनि पहाडी र तराई क्षेत्रमा होली मनाउने दिन फरक किन रु धेरैलाई जिज्ञाशा हुने गर्छन् । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ तर तराईमा त्यसको भोलिपल्छ रङ खेलेर होली मनाउने चलन छ।

नेपालको पहाडी र तराई क्षेत्रका परम्परागत चलनहरु फरक फरक रहेका छन्। पहाडतिर पनि फाल्गुन महिनाको पूर्णिमा तिथिमा नै होलिका दहन गरिन्छ । तराईमा पनि सोही राति होलिका दहन गरिन्छ । यसमा भिन्नता छैन ।

तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ, आखिर किन ?

मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीका अनुसार होली पूर्णिामाका दिन घरका देवीलाई पूजा–आराधना गर्ने गरिन्छ । राति होलिका दहन गर्ने भएकाले भोलिपल्ट बिहान देवीको प्रसाद ग्रहण गर्ने र रङ–अबिर खेलेर होली मनाउने प्रचलन भएकाले एक दिन ढिला भएको हो ।

हुनत होली भनेको खानपिनसँग पनि सम्बन्धित छ ।

मधेसमा नवरात्री, लक्ष्मीपूजा लगायतका शुभउत्सव तथा पूजाहरुमा माछा–मासु नखाने, व्रत वस्ने प्रचलन छ । फागु पूर्णिमाको दिन शुभ दिन रहेको, यस दिन होलिका दहन गरिने, भगवान नर्सिङहको जन्म भएर हिरण्यकैश्यपको बध गरेकाले सो दिन राक्षसी भोजन (माछा–मासु)सेवन नगर्ने भएकाले पनि भोलिल्ट मान्ने प्रचलन भएको हुनसक्ने चौधरीको तर्क छ।

होली वसन्त ऋतुको आगमनको संकेत पनि हो। यो समय जाडो सकिएर गर्मी सुरु हुने समय हो, जहाँ वातावरणमा खुसी, उमंग र नयाँ ऊर्जा ल्याउने विश्वास गरिन्छ ।

यसबेला आँप, लिची फुल्न थाल्ने, किसानहरूले बाली भित्र्याउने हुन्छ । प्रकृतिलाई धन्यवाद दिन पनि होली मनाउने गरिन्छ भन्ने तर्क पनि समाजमा विद्यमान छ ।

त्यस्तै होली सामाजिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ। यो पर्वमा सबै वर्ग, जात, धर्म, उमेरका मानिसहरू एकै ठाउँमा भेला भएर रङ खेल्छन् । मिठाइ बाँड्छन्, र रिसराग बिर्सेर नयाँ सम्बन्ध सुरुवात गर्छन्। पुरानो मनमुटाव मेटाउने, मित्रता बलियो बनाउने र समाजमा भाइचारा फैलाउने पर्वका रूपमा पनि होली मनाइन्छ।

होली जहिले मनाए पनि अरुको अहितको कामना गरे भस्म हुनुपर्ने शिक्षा लिएर सदैव मानव हित, एकता र आपसी सद्भाव कायम गर्ने उद्देश्यका साथ मनाइयोस् । सकारात्मक उर्जा र प्रेम बढोस् र यसका लागि मनाइयोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending