काठमाडौं । आसन्न स्ववियु निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघबाट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यक्षको आधिकारिक उम्मेदवार अझै यकिन हुन सकेको छैन ।
त्रिविस्थित निर्वाचन अधिकृतको कार्यालयले नेविसंघबाट उम्मेदवारी दिएका अनोज कार्की र दीपकराज जोशीको नाम सार्वजनिक गरेको छ । कार्की र जोशी अध्यक्षका उम्मेदवारका रुपमा नाम प्रकाशित हुँदा आधिकारिक उम्मेदवारको अन्योल रहेको छ ।
२७ फागुनमा तोकिएको उम्मेदवारी दर्ताको समयावधिमा कार्कीले मनोनयन दर्ता गरेका थिए । कार्कीको पक्षमा त्रिविको नेविसंघ नेतृत्वसहित केन्द्रीय तहका नेताहरू पनि थिए ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, पार्टीबाट गठित निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री किशोरसिंह राठोर लगायत कार्कीको पक्षमा रहेको विद्यार्थी नेताहरूले दाबी गरेका छन् । त्रिविका स्ववियु सभापति श्यामराज ओझा पनि कार्कीको पक्षमा खुलेका थिए ।
‘विधिसंगत तरिकाले आधिकारिक उम्मेदवार अनोज हो,’ त्रिवि स्ववियु सभापति ओझाले भने ।
कार्कीले नाम दर्ता गरिसकेपछि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दीपकराज जोशीलाई उम्मेदवार बन्न पत्र पठाएका थिए । नेविसंघको पत्र अनुसार नै २७ फागुनमा कार्कीको नाम हटाएर निर्वाचन अधिकृतको कार्यालयले जोशीको नाम सार्वजनिक गर्यो । त्यसविरुद्ध त्रिवि नेविसंघका अध्यक्ष विष्णु बडैलाले विज्ञप्ति निकालेर विरोध जनाए ।
निर्वाचन अधिकृतको कार्यालयमा बडैलाको नेतृत्वमा तालाबन्दी भएपछि बुधबार कार्कीको नाम पनि सार्वजनिक गरियो ।
जोशीको उम्मेदवारी विधिसंगत नगरेको भन्दै कार्की पक्ष विरोधमा उत्रिएका छन् । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले विद्यार्थी संगठनले तालाबन्दी गरेको जानकारी गराए ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले केन्द्रले दीपकराजलाई टिकट दिएको तर विवाद भएकाले छलफलकै क्रममा रहेको जानकारी गराए ।
त्रिविमा नेविसंघका अन्य पाँच जनाले स्वतन्त्र उम्मेवारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: