चतवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ। रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो।
भण्डारास्थित व्यावसायिक कीट विकास फार्म प्राविधिक पवनकुमार यादवका अनुसार कार्यालयमा चार बाकस रेशमका फूल ल्याइएको छ। ती बाहेक अन्यत्र निजी क्षेत्रमा रेशमखेती गर्ने किसान पलायन भएका छन्। यहाँ उत्पादन हुने किम्बुका बिरुवा यस क्षेत्रका किसानले गाईभैँसी र बाख्राको आहाराका लागि लिने गर्दछन्।
कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख बढी किम्बुका बिरुवा उत्पादन गर्ने जनाएको छ। फार्मले चार हेक्टर क्षेत्रफलमा ती बिरुवा उत्पादन गर्न लागेको हो। यादवका अनुसार असारमा बिरुवा बिक्री गरिन्छ। बागमती प्रदेशभित्रका स्थानीय तह र सहकारीले धेरै बिरुवा खरिद गरेर अनुदानमा बाढ्ने गर्दछन्। ती बिरुवा पशु चौपाय आहारका लागि किसानलाई बाढ्ने गरिन्छ।
सुरुआती समयमा रेशमखेतीका लागि किम्बुको प्रयोग गर्ने गरिएको भए पनि अहिले रेशमखेती हुन छाडेपछि पशुपालन गर्ने किसानले घाँसको रुपमा प्रयोग गर्न थालेका हुन। उत्पादित बिरुवा चितवनसहित रामेछाप, दोलखा, सिन्धुली, गोरखा, धादिङलगायतका जिल्लामा जाने गरेको छ।
प्रतिबिरुवा पाँचको दरले बिक्री गर्ने गरिएको छ। उनले भने, ‘रेशमखेती गर्न कृषकले छोडेपछि अहिले पशुपालन गर्ने किसानले किम्बुका बिरुवा घाँसका लागि लैजाने गरेका छन्।’ कार्यालयले अहिले कानमा जातको किम्बु लगाउने गरेको छ। यसमा २१ प्रतिशत प्रोटिन र ११.५ प्रतिशत कार्बोहाइडेड हुने गर्दछ। जसका कारण रेशम कीराले सहजै पचाउन सक्ने हुँदा रेशमको रोजाइमा पर्ने गर्दछ। यो पशु चौपायका लागि पनि उपयुक्त घाँस हुने उनी बताउँछन्।
रेशमखेती झन्झटिलो हुने र त्यसको उचित मूल्य नपाउँदा यहाँका किसानले खेती गर्न छाडेका हुन्। सरकारले कोकुनको मूल्य प्रतिकिलो रु ३७५ तोकेको थियो। यो मूल्यमा लागत नउठ्ने र किन्ने ग्राहक समेत नपाउने भएपछि किसानले खेती गर्न छाडेका हुन्। पहिले पहिले सरकारले रेशमपालनका लागि विभिन्न शीर्षकमा अनुदान दिने भए पनि पछिल्लो समय अनुदान समेत हटाएपछि किसान पलायन हुन थालेका हुन्।
कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार सुरुमा माडीलाई रेशमखेतीको पकेट क्षेत्रको रुपमा विकास गरिएको भए पनि अहिले त्यहाँका किसानले यो व्यवसाय छाडेका छन्। यसअघि मकवानपुरलगायतका जिल्लामा पनि रेशमपालन हुने गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: