Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

साँखुमा टिपरबाट मारिएकाहरुको अझै उठेन शव

खबरडबली संवाददाता

काठमाडौं ।  शंखरापुरमा टिपरको ठक्करबाट मृत्यु भएका तीन जनाको शव छ दिन बितिसक्दासमेत उठेकाे छैन । शुक्रबार राति शंखरापुर नगरपालिका ६ सलम्बुटारस्थित अनाथालयमा टिपर पस्दा मृत्युभएकाहरुको शव विवादका कारण मंगलबार रातिसम्म पोष्टमार्टमसम्म हुन नसकेको हो।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) का अध्यक्ष युवराज थापाका अनुसार टिपर सञ्चालकले क्षतिपूर्ति दिन नमान्दा पोष्टमार्टमसम्म हुन नसेको हो। समाजले प्रति मृतक दश लाखका दरले क्षतिपूर्ति माग गरे पनि दुर्घटना गराउने पक्षले दिन नमान्दा शव जलाउन नसकिएको थापाले जानकारी दिए।

उनले भने, ‘अहिलेसम्म शव उठ्न सकेको छैन। हामीले प्रतिजना दश लाखका दरले क्षतिपूर्ति माग गरेका हौँ। तर उहाँहरु सम्पर्कमा नै आउनुभएको छैन।’ शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

शव उठाउने विषयमा मंगलबार आश्रयस्थलमै प्रहरी पुगेर छलफल गरेको थियो। टिपर व्यवसायीसहित बुधबार बौद्धमा पुनः बसेर छलफल गर्ने भनिएको थापाले जानकारी दिए।

शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको रित्तो टिपर काठमाडौंबाट मेलम्ची जानेक्रममा दश जना सुतिरहेको आश्रयस्थलमाथि बज्रन पुगेको थियो। टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा परी ४५ वर्षीय हरिजन, २१ वर्षका आकाश र सुमनको ज्यान गएको थियो। उनीहरु तीनै जना सुन्न र बोल्न नसक्ने अपांगता भएका व्यक्ति थिए।

२०६२ सालमा थापाले स्थापना गरेको संस्थामा २२ महिला र ३२ पुरुष गरी ५४ जना बस्दै आएका थिए। थापा आफैँ पनि अपांगता भएका व्यक्ति हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending