Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको प्रमुख कलेज त्रिचन्द्र कलेजको स्वतन्त्र बिधार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल बिधार्थी संघबाट तीन जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा श्रीधर श्रेष्ठ र गोविन्द कोइरालाले आधिकारिक उम्मेदवार दाबि गर्दै उम्मेदवारी दर्ता गरेका छन् भने सागर न्यौपानेले स्वतन्त्र उम्मेदारी दर्ता गरेका छन् ।

श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।   

श्रेष्ठले आफुलाई आधिकारिक उम्मेदारी बताएका छन् । आफुलाई आधिकारिक उम्मेदवार बनाएपछि श्रेष्ठले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र परिवर्तन ल्याउने बताएका छन् । साथै उनले क्याम्पसको भौतिक पूर्वाधार सुधार, पुस्तकालय स्तरोन्नति, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, स्वच्छ अध्ययन वातावरण निर्माण र प्रशासनिक पारदर्शितालाई  प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदका लागि श्रेष्ठसहित अन्य विद्यार्थी संगठनबाट कुल ९ जनाको उम्मेदवारी परेको छ । त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध अन्य सात विद्यार्थी संगठनहरूबीच चुनावी तालमेल गरिएको छ । तालमेल गरेका सात विद्यार्थी संगठनले अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending