काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ ।
चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रमअन्तर्गत यो टोली नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरहरूको टोलीलाई स्वागत गरिएको छ ।
चिनियाँ फोटोग्राफरहरुको टोलीलाई स्वागत गर्दै सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले चिनियाँ फोटो ग्राफरहरुको आगमनले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । स्वागत कार्यक्रममा सांगीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो ।
यो कार्यक्रम नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा गरिएको हो । यो कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनका लागि एक महत्वपूर्ण अवसर हुने फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिए ।
कार्यक्रममा सहभागी चिनियाँ चर्चित फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्नेछन् । उनीहरुले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली, तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् । नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्याउने विश्वास लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: