Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

लसुन खोज्न बजार छिर्दै सरकार !

नेपाली लसुनको मूल्य प्रभावित पार्नसक्ने चिन्ता

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष विगतमा भन्दा ठूलो परिमाणमा लसुन भित्रिएको छ। भित्रिएको तथ्यांक यहाँको खपतसँग मेल नखाएपछि त्यो लसुन कहाँ गयो भन्ने चासो बढेको छ। 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा चीनबाट मात्रै ६ अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। साउनदेखि माघ महिनासम्म चीनबाट ४ करोड ७५ लाख ४९ हजार ३६७ किलो ताजा लसुन भित्रिएको छ। कुल ६ अर्ब २६ करोड ३८ लाख ८४ हजार रूपैँयाको लसुन भित्र्याउँदा राज्यले १ अर्ब ६१ करोड ६७ लाख ८३ हजार रूपैँया राजस्व संकलन गरेको छ। 

यसैगरी भारतबाट १५ लाख ४८ हजार रूपैँयाको १ करोड २५ लाख २० हजार किलो लसुन आयात भएको छ भने ३ लाख ८२ हजार रूपैँया राजस्व उठेको छ। 

चीनबाट लसुनको अस्वाभाविक आयात सम्बन्धमा सरकारी निकायले अनुसन्धान गरिरहेको जनाएको छ।

कसले खायो त्यत्रो लसुन ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशी आयात ‘परमिट’विना ठूलो परिमाणमा लसुन भित्रिएको बताउँछन्। ‘हाम्रो क्वारेन्टाइनसँग समन्वय नभएर पनि आयात भएको बुझिएको छ’, मन्त्रालयका सूचना अधिकारी समेत रहेका जोशीले भने, ‘ठूलो परिमाणमा भित्रिएर पनि कहाँ गयो भन्ने सबैभन्दा मुख्य मुद्दा हो।’ धेरै आयात भएपछि मूल्य घट्नुपर्नेमा त्यसो हुन नसक्नु पनि चासोको विषय रहेको उनले बताए। 

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट अनुमति नलिकन बैँकबाट प्रतीतपत्र (एलसी) जारी गराई आयातकर्ताले लसुन आयात गरेको बताइन्छ। नेपालमा आयातको फराकिलो तथ्यांक भएपनि परमिटविना भित्रिनु तथा यहाँको खपत, बजार मूल्य मेल नखाँदा लसुन तस्करी गरि भारत पुर्याइएको अनुमान गरिएको छ तर यसबारे यकिन नभएको अधिकारीहरू बताउँछन्।

बजार प्रभावित पार्ने चिन्ता

​सबै लसुन नेपाली बजारका लागि आएको रहेनछ भने त्यसले असर नगर्ने व्यवसायी   बताउँछन्। तर व्यापारीले चीनबाट ल्याएको लसुन स्टक राखेर नेपाली लसुन आउने सिजनमा निकाली मूल्य प्रभावित पार्नसक्ने चिन्ता पनि उत्तिकै छ। 

यद्यपि राम्रो मूल्य पाएर भारततर्फ लसुन गइरहेको हुनसक्ने अनुमान गरिएको छ। भारतले रोकिदियो भने भाउमा तलमाथि हुनसक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। अबको डेढ दुई महिनाभित्रै नेपाली लसुन बजारमा आउँछ। तर स्वदेशी उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले चीन वा अन्य देशबाट लसुन ल्याउनैपर्ने श्रेष्ठले बताए।

उनका अनुसार, गत वर्षभर कालिमाटी बजारमा ४३० मेट्रिक टन मात्र लसुन भित्रिएको थियो, जसमध्ये २६३ टन चीनबाट, २९ टन भारतबाट ल्याइएको थियो। बाँकी स्वदेशी उत्पादन थियो।  

आर्थिक वर्ष २०७९/०८० मा ९ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएकोमा ७३ हजार ५६७ मेट्रिक टन उत्पादन भएको थियो भने २०७८/०७९ मा ७४ हजार ७६३ मेट्रिक टन, २०७७/०७८ मा ७२ हजार ४९० मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांक छ।

‘अहिले नेपाली बजारमा पनि धेरैजसो चिनियाँ लसुन बिक्री भइरहेको छ, उनले भने ‘नेपालको भन्दा धेरै मूल्य भारतमा पायो भने पनि व्यापारीले यता चाहिने लसुन पनि उतै पठाउन सक्छ जसले गर्दा अभाव हुने र मूल्य चर्किने सम्भावना हुन्छ।’ 

कृषि अर्थविज्ञ जोशी पनि नेपाली लसुन बजारमा आएपछि अहिलेकै जस्तो बढी मूल्य यहाँका किसानले पाए ठिकै हुने बताउँछन्। तर बढ्दो आयातले नेपाली लसुनको मूल्य घटाइदियो भने समस्या हुनसक्ने भन्दै उनी चिन्ता व्यक्त गर्छन्। ‘लसुन आएर उपयोग टन्नै भयो भने ठिकै हो, तर हाम्रा उद्योगहरूमा उपयोग पर्याप्त देखिएन भने त्यत्रो मात्रामा आएर कहाँ खपत भयो भन्ने सन्दर्भमा यो राष्ट्रिय मुद्दा हुनुपर्छ’, उनले थपे, ‘भोलि मूल्य घटेर नेपाली किसान मर्कामा परे भने समस्या आउँछ। त्यसैले वाणिज्य विभाग, भन्सार विभाग लगायतले अनुगमन गरेर प्रतिवेदन दिन आवश्यक छ।’ 

सामान्यतया तथ्यांक हेर्दा, विगतमा भन्दा यो वर्ष चीनबाट लसुनको आयात पाँच गुणा बढी देखिन्छ। तर लसुनको आपूर्ति, आन्तरिक माग र स्टकको स्थितिबारे अहिलेसम्म पहिचान गरिएको छैन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी डिकबहादुर कार्की बजारमा नगई थाहा नहुने र छिट्टै अनुगमन गर्ने बताउँछन्। 

‘लसुन आयात धेरै भएको जानकारी पाएका छौँ, उजुरी आइसकेपछि सम्बोधन गर्ने हिसाबले अब विभागबाट बजार अनुगमनमा जान्छौँ, कार्कीले भने ‘बजारमा गएर यकिन तथ्यांक नल्याई लसुनको माग, आपूर्ति, स्टक वा कालोबजारी सम्बन्धमा भन्न सकिन्न।’ भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठ पनि लसुनको आयात अस्वाभाविक रूपमा बढेको देखिए पनि के कारण बढ्यो भन्ने यकिन भइनसकेको बताउँछन्। 

‘यस सम्बन्धमा अनुगमन शाखाले नियमित प्रकृया अन्तर्गत हेरिरहेको छ। यद्यपि पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा अघिल्ला महिनाको भन्दा कम आइरहेको छ, उनले भने, ‘यसले घट्ने क्रममा हो कि भन्ने पनि देखिन्छ।’ 

लसुन आयातको अघिल्ला तथ्यांक

नेपालमा अघिल्ला पाँच वर्षमा चीनबाट आएकोभन्दा धेरै परिमाणमा यस आर्थिक वर्षको सात महिनामा भित्रिएको छ। गत आर्थिक वर्ष (२०८०/८१) को यही अवधिमा चीनबाट १ अर्ब ३० करोड ११ लाख ८२ हजार रूपैँयाको लसुन भित्रिएको थियो। वर्षभर चीनबाट २ अर्ब २२ करोड ३९ लाख १३ हजारको १ करोड ७० लाख २६ हजार ८२५ किलो लसुन चीनबाट आएको थियो। यसैगरी भारतबाट वर्षभर १३ लाख ७३ हजार र बेलायतबाट २ हजारको लसुन ल्याइएको थियो। 

आव २०७९/८० मा चीनबाट १ अर्ब १० करोड ४६ लाख ६५ हजार र भारतबाट ७९ लाख ५४ हजार रूपैँयाको लसुन आयात गरिएको छ। चीनबाट ८९ लाख ९७ हजार ७७० केजी लसुन ल्याउँदा २७ करोड ९३ लाख ३४ हजार रूपैँया राजस्व संकलन भएको थियो।

यसैगरी आव २०७८/७९ मा चीनसँगै भारत र पाकिस्तानबाट पनि लसुन आयात भएको थियो। उक्त बर्ष चीनबाट १ अर्ब ४ करोड ३४ लाख ९१ हजार रूपैँयाको ९० लाख किलो भन्दा धेरै लसुन भित्रिएको थियो भने भारतबाट करिब एक करोडको १२ करोड किलो बढी र पाकिस्तानबाट ८२ हजारको १०० केजी लसुन ल्याइएको थियो।  

आर्थिक वर्ष २०७७/७८ को तथ्यांक हेर्दा चीनबाट १ अर्ब ४ करोड ९२ लाख ९४ हजार रूपैँयाको ९९ लाख ३६ हजार ९६० केजी लसुन भित्रिँदा २६ करोड ३४ लाख ५२ हजार रुपैयाँ राजस्व जम्मा भएको थियो। त्यही वर्ष भारतबाट १ करोड ३ लाख ७४ हजारको १ लाख २३ हजार ७४० केजी लसुन भित्रियो। 

अघिल्लो वर्ष २०७६/७७ मा चीनबाट ९ करोड ४८ लाख ३१ हजारको मात्रै लसुन आयात भएको थियो भने भारतबाट २ करोड ५ लाख ५२ हजारको लसुन भित्रिएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

सप्तकोसीमा पानीको बहाव खतराको तह नजिक, ब्यारेजका २१ ढोका खोलियो

काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending