Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

उदयपुरमा लागुऔषध कारोबार र दुर्व्यसन बढ्दै

खबरडबली संवाददाता

उदयपुर। एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनः बढ्न थालेको छ। छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाभित्रबाट पनि केही गाँजा कारोबारकर्ताले बाहिर गाँजा बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए। उनका अनुसार गत साउनदेखि फागुनको दोस्रो सातासम्ममा मात्र जिल्लामा ९० जना लागुऔषध कारोबारकर्ता र केही प्रयोगकर्ता पक्राउ परेका छन्।

पक्राउ गरिएकामध्ये ४७ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जनाउँदै प्रनाउ दोङले २५ जनालाई कारागारमा राखिएको उल्लेख गरे। उनका अनुसार ३२ जनालाई धरौटीमा छाडिएको छ।

अहिले सबैभन्दा बढी समस्याका रूपमा सप्तरी, सुनसरी र सिरहको सीमानाकाबाट लागुऔषधका विभिन्न ट्याब्लेटहरू कारोबारकर्ताले उदयपुर भित्र्याउने गरेका प्रनाउ दोङले बताए। जिल्लाको पूर्वी क्षेत्रको बेलका र पश्चिमी क्षेत्रको कटारी, उदयपुरगढी क्षेत्र भएर सप्तरी, सिरहामा गाँजा तस्कर हुने गरेको उनको भनाइ छ।

पूर्वी क्षेत्रको बेलका र चौदण्डीगढी नगरपालिकामा सप्तरी र सुनसरीको सिमाना हुँदै जिल्लाभित्र गाँजा तस्करी बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाको सिमा क्षेत्रमा प्रहरी तथा सुरक्षाकर्मी चौबीसैँ घण्टा कडाइका साथ तैनाथ गरिए पनि लागुऔषध कारोबार बढ्दै गइरहेकाले प्रहरीलाई चुनौती थपिएको उनले बताए।

एक वर्षअघिसम्म जिल्ला प्रहरी कार्यालयले जिल्लाका गाउँगाउँका विद्यालय तथा बस्ती र सडकमा ‘नो ड्रग्स’ अभियान सञ्चालन गर्दै आएको थियो। उक्त अभियानका कारण केही समय लागुऔषध दुर्व्यसनी न्यूनीकरण भएकामा अहिले फेरि कारोबार र दुर्व्यसन वृद्धि हुँदै गएका प्रनाउ दोङले उल्लेख गरे।

अहिले जिल्लाभित्रबाट बाहिर गाँजा पैठारी नियन्त्रण गर्नु निकै चुनौतीका रूपमा देखिएको बताउँदै बाहिरबाट लागुऔषध भित्रीक्रम पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीले बताए। कारोबारकर्ताले राजमार्गभन्दा पनि चुरे क्षेत्रको जङ्गलको बाटोबाट पैदल हिडेर चोरबाटो हुँदै कारोबार गर्न थालेपछि प्रहरीलाई सुरक्षा र नियन्त्रणमा चुनौती उनको भनाइ छ।

लागुऔषध कारोबार बढ्दै जान थालेपछि प्रहरीले नागरिकसहित सबैले साथ दिएमा लागुऔषध ओसारपसार र दुव्र्यसनी न्यूनीकरण गर्न सकिने बताउँदै योगीले नागरिक समाज, आमनागरिकलाई सहयोगका लागि आग्रह गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

सप्तकोसीमा पानीको बहाव खतराको तह नजिक, ब्यारेजका २१ ढोका खोलियो

काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending