Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

एउटै नम्बर प्लेटका दुई ट्रक नियन्त्रणमा

खबरडबली संवाददाता

विराटनगर । विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

भन्सार कार्यालयमा मालवस्तु जाँचपास गराएर उद्योगमा अनलोड गरेर फर्कंदै गरेको र मालवस्तु बोकेर जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर प्लेट समान भेटिएपछि अनुसन्धान सुरु गरिएको हो । 

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले घटनापछि दुवै ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । राजस्व छलीको सम्भावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जिएच ०४३३६ नम्बरका दुई गाडी नियन्त्रणमा लिइएको हो । 

उद्योगबाट सामान अनलोड गरेर भन्सार प्रवेशमा इन्ट्री गराउने र भारतीय भन्सार परिसरबाट नेपालको भन्सार परिसरमा सामान बोकेर आउने ट्रकको समय एउटै परेपछि आशङ्का उब्जिएको हो । भारततर्फ फर्कंदै गरेको ट्रकको सामान भन्सार जाँचपासपछि नै अनलोड गरेर फर्किएको हो तर पार्किङमा भएको ट्रक भने भन्सार जाँचपास हुन बाँकी रहेको थियो । यस्तो अवस्थामा पहिलो ट्रकको सामानको प्रज्ञापनपत्र दुरुपयोग गरेर दोस्रो ट्रक भन्सारबाट निकाल्न सक्ने सम्भावना धेरै हुन्छ । 

भन्सार प्रमुख श्रेष्ठले यस्तो स्थिति कसरी आयो भन्नका लागि अनुसन्धान अधिकृत तोकेर घटनाको विषयमा बुझ्ने काम भइरहेको जानकारी दिए । दुवै ट्रकमा कटहरी गाउँपालिकास्थित काबरा ग्रुपले सञ्चालन गर्दै आएको क्वालिटी केम प्रालिको सामान रहेको पाइएको छ । 

विराटनगर भन्सारका अधिकृत एवं मुद्दा शाखाका प्रमुख फर्सबहादुर राईले एउटै नम्बर प्लेटका भारतीय गाडीमा कसरी सामान आयो भन्ने विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिए । उनले अनलोड भएर फर्किएको गाडी गेटमा इन्ट्री गर्दा भन्सारपरिसरको पार्किङमा त्यही नम्बर गाडी रहेको देखिएको जानकारी दिए । एकै पटक आउँदै र जाँदै गरेको गाडीको नम्बर एकै हुँदा सिस्टमले लिन नमानेपछि यसको खोजी सुरु गरिएको थियो । 

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकीनन्दन शर्माले भारतमा चोरीको गाडी धेरै प्रयोग हुने गरेको बताए । उनले नेपाल भन्सारमा प्रवेश गरेपछि त्यसको जाँचपास गर्ने प्रक्रियामा छलछाम गर्ने प्रयोजनमा प्रयोग भएरनभएको अहिलेसम्म नखुलेकाले यसै भन्न नसक्ने अवस्था रहेको बताए । 

एउटै नम्बर प्लेटको गाडी अनलोड गरेर भन्सार पुग्नु र त्यही नम्बर प्लेटको गाडी भन्सारको पार्किङमा हुनुले कहीँ न कहीँ फल्ट छ कि भन्ने शङ्का गर्नु सामान्य रहेको अध्यक्ष शर्माको बुझाइ छ । काबरा ग्रुपका विपिन काबराले कसरी त्यस्तो भयो भन्ने आफूलाई पनि यकिन नभएको बताए । “एउटा खाली छ रे, अर्कोमा सामान छ भन्ने आएको छ,” यसको विषय बुझ्नै बाँकी रह्यो ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

सप्तकोसीमा पानीको बहाव खतराको तह नजिक, ब्यारेजका २१ ढोका खोलियो

काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending