म्याग्दी । बेनी नगरपालिका ९ घतानको तोरीपानी सहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिना देखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । केन्द्रमा खटाइएका अहेब तपेन्द्रबहादुर थापा कार्यालयमा उपस्थित नभएपछि केन्द्र बन्द भएको हो ।
बेनी नगरपालिकाले तोरीपानी, ढोल्ठान तथा धुपीबोट क्षेत्रका बासिन्दाको सुविधाका लागि भनेर सुरु गरेको उक्त स्वास्थ्य केन्द्र दुई महिनादेखि बन्द छ । स्थानीय युवा बाबुराम चोखालका अनुसार त्यस क्षेत्रका सय घर भन्दा धेरैका बासिन्दाहरूले प्रत्यक्ष सेवा पाउने उक्त केन्द्र बन्द हुँदा लामो बाटो हिँडेरै सेवा लिन पुग्नु पर्ने भएको छ । ग्रामीण भेकमा अचेल जेष्ठ नागरिकहरु धेरै हुने र नजिकै भएको स्वास्थ्य केन्द्र बन्द हुँदा उनीहरूलाई स्वास्थ्य सम्बन्धी सेवा लिनका लागि टाढा पुग्नु पर्ने बाध्यता सृजना भएको चोखालको भनाई छ ।
बेनी नगरपालिका ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले स्वास्थ्य केन्द्रका कर्मचारी उपस्थित नभएको स्वीकार गरे । सम्बन्धित क्षेत्रमा खटाइएको कर्मचारीलाई बुझ्दा उनी लामो समय देखि केन्द्रमा नगएको र सेवा बन्द रहेको जानकारी पाएको बताए ।
बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले सहरी स्वास्थ्य केन्द्रमा मङ्सिर भन्दा अगाडी करारका कर्मचारी मंगला गाउँपालिका २ का लेखनाथ गौतमले काम गर्दा सेवा प्रवाह राम्रो भए पनि अहिले स्थायी दरबन्दीका तपेन्द्रबहादुर थापा आए पछि बन्द भएको रहेछ त्यो पनि ढिला गरी थाहा पाएको बताए ।
वडा अध्यक्ष केसीले चाँडै नै सर्वपक्षीय बैठक राखेर सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदी सहितको टोली सम्बन्धित स्थानमै पुगेर समस्या समाधानको प्रयास गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: