सिन्धुपाल्चोक । त्रिभुवन विश्वविद्यालय अन्त्रगतका क्याम्पसहरूमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बिच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ ।
केन्द्रीय तहमा गठबन्धन नगर्ने भए पनि सिन्धुपाल्चोकमा भने सत्ता सहयात्री दुई दलका विद्यार्थी संगठन बिच तालमेल गरेर स्ववियुमा गठबन्धन गर्ने विद्यार्थी संगठन बिच सहमति भएको हो । सत्ता सहयात्री दुई दल बिच चुनावी सहकार्य हुने भएपछि माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भने एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
सिन्धुपाल्चोकमा १२ सामुदायिक क्याम्पसहरू रहेका छन् । दुवै संगठनले बराबरीको सिद्धान्त अनुसार ६/६ वटा क्याम्पसमा बराबरी लिने गरी स्ववियुमा गठबन्धन गर्न लागेका हुन् ।
सदरमुकाम चौतारामा रहेको चौतारा क्याम्पस ,सुनकोशी, इन्द्रावती, ठोकर्पा, अभयान्द र सिन्धु भ्याली क्याम्पस अनेरास्ववियुले लिने निर्णय भएको अखिलका जिल्ला अध्यक्ष रविन वाइबा तामाङले जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृह पालिकामा रहेको अरनिको कलेज, ककलिङ , मेलम्ची, पाँचपोखरी, जलवीरे र जुगल क्याम्पस माओवादीले लिने सहमति भएको नेविसंघका जिल्ला अध्यक्ष पवन घोरासैनीले जानकारी दिए ।
दुई संगठन बिच समानुपातिक मतभार नहरी निर्वाचनमा सभापति लिइएको संगठनबाट सह–सचिव पदमा र सचिव,कोषाध्यक्ष लिएको संगठनबाट उपाध्यक्ष पदमा निर्वाचन पछि मनोनीत गर्ने सहमति पनि दुई संगठन बिच भएको छ । दुवै संगठनका मातृ पार्टीका नेताहरू सहितको बैठकबाट जिल्लाका सबै क्याम्पसहरू ‘कब्जा’ गर्ने रणनीति लिएर गठबन्धन गरिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
माओवादीको छुट्टै रणनीति
सत्ता सहकार्यमा रहेका दुई दलका विद्यार्थी संगठनहरु बिच स्ववियुमा गठबन्धन गरेर जाने भएपछि माओवादीलाई भने केही दबाब परेको छ । माओवादीले केही प्रमुख क्याम्पसहरूमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि विशेष योजना अगाडि सारेको छ ।
माओवादी केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटा, सासंद माधव सापकोटा लगायत माओवादी केन्द्रमा प्रतिनिधित्व गर्ने धेरै केन्द्रीय स्तरका नेताहरू भएकाले पनि केही क्याम्पसहरूमा अखिल क्रान्तिकारीबाट जित्नुपर्ने दबाबमा छन् । सबैको ध्यान चौतारा क्याम्पसमा रहेका छन् ।
चौतारा क्याम्पसमा अखिल क्रान्तिकारीको बलियो उपस्थिति छ,दुई संगठनबिच गठबन्धन भए पनि चौतारा लगायत केही क्याम्पसहरूमा हामी प्यानल नै जित्छौ माओवादी केन्द्रीय सदस्य माधव सापकोटाले भने । माओवादीका केन्द्रीय नेतृत्व र जिल्ला नेतृत्व समेत चुनावी अभियानमा अहिले सिन्धुपाल्चोकमा नै रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: