Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

महिला हिंसाविरुद्ध वृत्तचित्र प्रर्दशनी

\"voilence\"काठमाडौं । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न सिर्जना गरेको कलालाई वृत्तचित्रमार्फत देखाइएको छ । वृत्तचित्रमा कलाकार अस्मिना रञ्जितले आफूले लगाएको वस्त्रमा सियो तथा पिनको प्रयोग गरेकी छन् । हेर्दा अपत्यारिलो लाग्ने सो दृश्य कलाकारले २४ घन्टाको समयमा पूरा गरेकी हुन । आफ्नो शरीरलाई आफैं प्रयोग गरी सिर्जना गरेको कलामा समाजलाई नयाँ किसिमको सन्देश दिन खोजिएको छ ।  समाजमा महिलामाथि विभिन्न कारण र रुपमा हुने हिंसालाई सियो तथा पिनले घोचेर प्रतीकात्मक रुपमा प्रतिविम्बन गरिएको सो दृश्यले महिला पीडामा पनि सहनशील भएको देखाइएको छ । त्यस्तै कलाकार सुजन चित्रकारले पनि त्यस्तै रुपमा आफूलाई नै विम्ब बनाएर निर्माण गरेको सिर्जनामा मुलुकको राजनीतिक अवस्थामा जनताको भावना कदर नभएको चित्रण गरिएको छ ।  सिद्धार्थ आर्ट फाउन्डेसनले शनिबार आयोजना गरेको ‘कला समीक्षा तथा कला लेखन’ मा सहभागीलाई ती वृत्तचित्र प्रस्तुत गरी त्यसका विषयमा व्याख्या गरिएको थियो ।  ती दुवै वृत्तचित्रका समय अवधि पाँच पाँच मिनेटको छ । कार्यक्रममा आर्ट फाउन्डेसनका निर्देशक सङ्गीता थापाले कलाकारले समाजका व्यथा समस्यालाई सम्बोधन गर्नुपर्ने बताए । कलाकार निश्चल ओलीले आफ्ना अवधारणा र अनुभवलाई प्राथमिकतामा राखेर भाव अभिव्यक्त गर्न कलाकारलाई आग्रह गरे । ललितकला पत्रकार समाजका अध्यक्ष केशव खनालले समाजलाई आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउन कला सशक्त माध्यम भएकाले कलाकारले त्यसतर्फ केन्द्रित भई सिर्जना गर्नुपर्ने बताए ।  समाजका महासचिव देवेन्द्र थुम्केलीले नेपाली मौलिक कलालाई संरक्षण गरी नवीनतम कलाको अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending