रौतहट । रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको बिषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।
राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरु र भागबण्डाको सहमती गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ। दुबैपक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्का विरुद्द अपशब्द ,चुनौती दिंदै सामाजिक सञ्जाल फेसबुक तताएका छन्।
आईतवार दिउँसो नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, नेपाली कांग्रेसका युवा नेता मेयर प्रत्याशी मोहन प्रसाद यादवसहित दर्जनौं मानिस गौर नगरपालिका अगाडी टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा 'गौरका तस्कर मेयर मुर्दाबाद अमरेश सिंह जिन्दाबाद, राइस मिल बेच्न पाईंदैन' भन्दै चर्को नाराबाजी गरेका थिए।
नगरपालिका अगाडी केहीबेर प्रदर्शन गरेर मेयर साह बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शनकारीहरु गौर बजार परिक्रमा गरेका थिए। यस अघी गौर राइस मिलको जग्गा बचाउ अभियनताहरु आज बिहान जनजागरण अभियानको क्रममा वडाहरुमा पुगेर कुनै पनि हालतमा गौर राइस मिलको जग्गा बिक्रि गर्न नदिने मन्तब्य राखेका थिए।
गौर नगरका जनप्रतिनिधिहरु तथा मेयर साहका समर्थकहरूले शनिवार साँझ संघीय सांसद डाक्टर अमरेश कुमार सिंहको पुत्ला दहन गरी उनी बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शन गरेका थिए। शुक्रवार सदनमा सांसद सिंहले मेयर शम्भु साह लाई नामुद तस्कर भनेकाले गौरबासी संग उनले माफी माग्नु पर्ने भन्दै सनिवार उनी विरुद्द प्रदर्शन भएको थियो।
लगत्तै मेयर शम्भु साहले डाक्टर अमरेश सिंहले भनेको कुरा पुष्टि गर्न अन्यथा दिमागको उपचार गराउन राँची अस्पताल भर्ना गरिनु पर्ने भनेर चुनौती दिएका थिए।
उनको चुनौती पछी आज गौर नगरपालिका कै अगाडी तस्कर मेयर मुर्दाबाद भनेर नारा जुलुस सहित प्रदर्शन भएको छ।साविक गौर गाविस वडा नम्बर ७ को किता नम्बर १३९ को ०-१५ ,१४०को ०-१६-०,१६३को ४-१०-० र ८०३को ०-९-० जग्गा सम्बन्धमा गत मंगलवार साँझ गौरका मेयर शम्भु साहले उक्त जग्गा धनीले २ विगहा १५ कठा नगरपालिका लाई निःशुल्क दिएर बाँकी जग्गा छोड्ने सहमती कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरे संगै चौतर्फी बिरोध सुरु भएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: