रौतहट । रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको बिषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।
राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरु र भागबण्डाको सहमती गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ। दुबैपक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्का विरुद्द अपशब्द ,चुनौती दिंदै सामाजिक सञ्जाल फेसबुक तताएका छन्।
आईतवार दिउँसो नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, नेपाली कांग्रेसका युवा नेता मेयर प्रत्याशी मोहन प्रसाद यादवसहित दर्जनौं मानिस गौर नगरपालिका अगाडी टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा 'गौरका तस्कर मेयर मुर्दाबाद अमरेश सिंह जिन्दाबाद, राइस मिल बेच्न पाईंदैन' भन्दै चर्को नाराबाजी गरेका थिए।
नगरपालिका अगाडी केहीबेर प्रदर्शन गरेर मेयर साह बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शनकारीहरु गौर बजार परिक्रमा गरेका थिए। यस अघी गौर राइस मिलको जग्गा बचाउ अभियनताहरु आज बिहान जनजागरण अभियानको क्रममा वडाहरुमा पुगेर कुनै पनि हालतमा गौर राइस मिलको जग्गा बिक्रि गर्न नदिने मन्तब्य राखेका थिए।
गौर नगरका जनप्रतिनिधिहरु तथा मेयर साहका समर्थकहरूले शनिवार साँझ संघीय सांसद डाक्टर अमरेश कुमार सिंहको पुत्ला दहन गरी उनी बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शन गरेका थिए। शुक्रवार सदनमा सांसद सिंहले मेयर शम्भु साह लाई नामुद तस्कर भनेकाले गौरबासी संग उनले माफी माग्नु पर्ने भन्दै सनिवार उनी विरुद्द प्रदर्शन भएको थियो।
लगत्तै मेयर शम्भु साहले डाक्टर अमरेश सिंहले भनेको कुरा पुष्टि गर्न अन्यथा दिमागको उपचार गराउन राँची अस्पताल भर्ना गरिनु पर्ने भनेर चुनौती दिएका थिए।
उनको चुनौती पछी आज गौर नगरपालिका कै अगाडी तस्कर मेयर मुर्दाबाद भनेर नारा जुलुस सहित प्रदर्शन भएको छ।साविक गौर गाविस वडा नम्बर ७ को किता नम्बर १३९ को ०-१५ ,१४०को ०-१६-०,१६३को ४-१०-० र ८०३को ०-९-० जग्गा सम्बन्धमा गत मंगलवार साँझ गौरका मेयर शम्भु साहले उक्त जग्गा धनीले २ विगहा १५ कठा नगरपालिका लाई निःशुल्क दिएर बाँकी जग्गा छोड्ने सहमती कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरे संगै चौतर्फी बिरोध सुरु भएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: