Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

‘सर्बोच्चले खारेज गरेको सेवाशुल्क कानूनीरुपमा पुनः प्राप्ति गर्ने बाटो खुला छ’

खबरडबली संवाददाता

काठमाडौं । श्रमिकहरुको हित विपरित सर्बोच्च अदालतद्वारा खारेज गरिएको सेवाशुल्क विधायीकाबाट कानून बनाई पुनः प्रप्ति गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले गरेको अन्तरक्रिया कार्यक्रममा अदालतको फैसला आममजदुर विरुद्ध भएकोसमेत जिकिर गरे ।

संयुक्त टे«ड युनियन समन्वय केन्द्र(जेटियूसीसी)का अध्यक्ष जगत सिम्खडाले श्रमिकहरुको अधिकार खोस्न अदालतसम्म लाग्नु दुर्भाग्य भएको बताए ।  अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका सिम्खडाले मजदुर अधिकार तथा आन्दोनलाई कमजोर बनाउँदा दक्ष जनशक्ति दिनप्रतिदिन पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने,“सोवशुल्कको खारेजी र बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन नलाग्ने फैसला टे«डयुनियन आन्दोलनमाथिको ‘कु’ हो ।” सिम्खडाले सेवाशुल्क लगायतका मजदुर हक–अधिकारका लागि आफूहरु निर्णायक आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले सेवाशुल्कको व्यवस्था श्रमिक तथा व्यवसायी दुबैको पक्षमा  रहेकाले सो पुनः लागु गर्नुपर्ने धारणा राखे । पछिल्लो समय सेवाशुल्क खारेज हुनु दुःखद भएको बताउँदै भने,“यसको सुरुवात हुँदा ड्राफ्टकर्ता म नै थिएँ र सेवाशुल्क खारेज हुँदा दक्ष श्रमिकहरु विदेशीन बाध्य भएका छन्, सो रोक्न कानूनमै व्यवस्था गरेर सेवाशुल्क लागु गरिनुपर्छ ।

वरिष्ठ अधिवक्ता दिनमणि पोखरेल सर्बोच्च अदालतले सेवाशुल्कको व्यवस्थालाई खारेज गरेपनि विधायीकाबाट कानून बनाएर ल्याउने बाटो बन्द नभएको बताए । पूर्व–महान्यायाधिवक्तासमेत रहेका पोखरेलले मजदुरहरुको हित विपरितको कुनै पनि फैसला तथा व्यवस्थालाई स्वीकार्न नहुनेसमेत सुझाए ।

अधिवक्ता घनेन्द्र श्रेष्ठले सरोकारवाला सबै पक्षहरुसँग घनिभूत बहस तथा छलफल गरी सेवाशुल्कको पुनः व्यवस्था गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले अदालतले खारेज गरेको विषयलाई एकतर्फीरुपमा मात्रै हेर्ननहुने बताउँदै भने,“सम्मानित सर्बोच्च अदालतले फैसलामा विधायीकाले कानून बनाएर पुनः लागु गर्ने बाटो खुल्ला राखेको छ ।”

अधिवक्ता युबराज लुइँटेलले अदालतले खारेज गरिसकेकोले सेवाशुल्क सहजै पुनः प्राप्ति नहुने बताउँदै, त्यसका निम्ति मजदुरको तल्लो तहसम्म जागरण ल्याएर आन्दोलनको बलबाट कानून बनाउँन बाध्य पार्नुपर्छ ।

अधिवक्ता भक्तिराम घिमिरेले पर्यटन क्षेत्रका सबै संघ–संगठनहरु एकजुट भएर सरकार तथा सरोकारवाला पक्षलाई दबाब दिन जरुरी भएको बताए ।
 
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले यो आन्दोलन् यस क्षेत्रमा क्रियाशील सबै ट्रेड युनियन र मजदुरहरुको साझा भएकोले एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

सो कार्यक्रमा वरिष्ठ अधिवक्ता माधब भट्टराई, अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष विष्णु थापा, महासचिव सलिकराम काफ्ले, उपमहासचिवहरु माधव पाण्डे, शिब पोखरेल, रामचन्द्र कार्की, सचिव निरज गोले, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका वरिष्ठ उपाध्यक्ष मिलन मल्ल, उपाध्यक्षहरु लिला श्रेष्ठ, सुसिल राजभण्डारी, महासचिव रामकुमार खड्का, उपमहासचिव सदर्शन तिमल्सिना, सचिवहरु रामकुमार वाग्ले, अमृता सापकोटा, सुमन महर्जन, खिलबहादुर कोइराला, कोषाध्यक्ष राम पन्तलगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

सप्तकोसीमा पानीको बहाव खतराको तह नजिक, ब्यारेजका २१ ढोका खोलियो

काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending