Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

संविधान जारी गर्न तीन घेरामा सुरक्षा

काठमाडौं: संविधान जारी गर्ने दिन कुनै अप्रिय घटना हुन नदिन आइतबार काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था कडा बनाइएको छ। विशेष गरी संविधानसभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ संविधानसभामा राखिएका सीसीटीभीको निगरानीलाई चुस्त बनाइएको छ। सुरक्षालाई ध्यानमा राखेर एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।
शनिबारैदेखि भारतीय सीमा क्षेत्रमा सुरक्षा जाँच कडा बनाइएको छ भने उपत्यका भित्रिने नाकामा समेत निगरानी बढाइएको छ । आइतबार संविधानसभाभित्र प्रवेशका लागि छुट्टै पासको व्यवस्था गरिएको छ।
सुरक्षा व्यवस्था चुस्त पार्न शनिबार गृहमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका अधिकारीको बैठक बसेको थियो। उक्त बैठकले आआफ्नो क्षेत्रबाट समन्वयात्मक ढंगबाट सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । संविधानसभा परिसरमा एक सयभन्दा बढी सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ।
संविधानको विरोधमा र्‍याली निस्कन सक्ने सम्भावनालाई ध्यानमा राखी निषेधित क्षेत्रमा बाक्लोगरी सुरक्षा फौज खटाइने भएको छ। \'सुरक्षा चुनौतीको विश्लेषण गरेर सबै उपाय अपनाइएको छ र परिचालको व्यवस्था दुरुस्त पारिएको छ,\' गृह प्रवक्ता ढकालले भने। आवश्यक परेमा सेनालाई समेत उच्च सतर्क रहन निर्देशन दिइएको छ।
महानगरीय प्रहरी प्रमुख एआईजी विज्ञानराज शर्माले उपत्यकाको सुरक्षाव्यवस्था मजबुत पारिएको बताए। उनले भने, \'प्रहरीको फोकस संविधानसभामै हुन्छ, तीन घेरामा प्रहरी परिचालित गरिन्छ, अप्रिय घटना हुन नदिन अधिकतम उपाय अपनाइएको छ, उपत्यका छिर्ने नाकामा कडाइ गरिएको छ।\'
प्रहरीले आइतबार संविधानसभा भवन छेउछाउका सडकमा हिँडडुल गर्ने व्यक्तिमाथि समेत निगरानी बढाउने भएको छ। खासगरी तराईका जिल्लामा हुनसक्ने घटनालाई ध्यानमा राखेर क्षेत्रीय प्रहरी प्रमुखहरुलाई समेत चनाखो रहन निर्देशन दिएको छ।
प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी कमलसिंह बमले भने, ‘आइतबार सुरक्षाको केन्द्र राजधानी नै हो, त्योसँगै असन्तुष्ट पक्ष उपत्यकाबाहिर बढी भएकाले सम्बन्धित क्षेत्र र जिल्लाका प्रहरी इन्चार्जहरूलाई अप्रिय घटना रोक्न विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।\'
उपत्यकामा भएका दकमल, एम्बुलेन्स, बम डिस्पोजल टोली र तालिम प्राप्त कुकुरलाई समेत तयारी अवस्थामा राखिएको मुख्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending