Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

दुर्गा भगवती गाउँपालिकामा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

खबरडबली संवाददाता

रौतहट । रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउण्ड सेवा प्रदान सुरू गरिएको छ।

पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको वडामै पुगेर गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउण्डसहित स्वास्थ्य परीक्षण सुरू गरेको हो।

'ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम' अन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरू गरिएको पालिका प्रमुख सिंहले बताए।

यस कार्यक्रमले घरमै बसेर गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच सुरू भएको र अब प्रादेशिक अस्पताल गौरसम्म वा त्यसैको लागि बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ रहेको छ।

यसले पालिकाभित्रका गर्भवती महिलाका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको  पालिका स्वास्थ्य संयोजक दिनेश महतोले बताएका छन्।

वडा नम्बर ५ बागमती पारीको गाउँ बडहर्वाबाट शनिबारदेखि सुरू भएको कार्यक्रममा आईतवारसम्म ४५ जना गर्भवती महिलाहरुले सेवा लिएको पालिकाले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि

काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...

बंगलादेशमा ग्यास उद्योगमा आगलागी हुँदा ५ जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।  अग्नि नियन्त्रण सेवा र ना...

एमालेमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरु

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा कमजोर नतिजा आएपछि नेकपा एमालेभित्र विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। निर्वाचन सम्पन्न...

बलमजुङमा जिप दुर्घटना : दुईको मृत्यु, १२ घाइते

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, बेँसीसहरबाट उस्ताका...

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

प्रतिबन्धित औषधि र लागुऔषधको ठूलो परिमाण बरामद, दुई जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...

एफ १५ विमान खसालेपछि इरानसँगको वार्ता प्रभावित नहुने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...

बागमतीमा बालबालिका हराउने क्रम बढ्दो: तीन वर्षमा १,८३० बेपत्ता

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...

इरानले खसाल्यो अमेरिकी विमान, पाइलट इरानमै

काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...

न्याय प्रणालीमाथि प्रश्न: पीडकमैत्री सोचले कसरी कमजोर बनाइरहेको छ विश्वास ?

काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending