Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

काठमाडौंको शंखरापुरबाट पाँच लाख तेत्तिस हजारसहित ११ जुवाडे पक्राउ

तस्विर साैजन्यः नेपाल प्रहरी
खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले काठमाडौंको शंखरापुरबाट पाँच लाख तेत्तिस हजारसहित ११ जुवाडे पक्राउ गरेको छ ।  

शंखरापुर न.पा. वडा नं ३ स्थित ज्ञान बहादुर तामाङले संचालक गरेको हिमालयन भ्यु पोईन्ट रिसोर्टको कोठामा  सोही नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी ३४ वर्षीय सुरेश लामासहितलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं, शंखरापुर नगरपालिका वडा नं ३ बस्ने सुरेश लामा,  गगन घिसिङ तामाङ,  राम ब. तामाङ, चन्द्र ब. नगरकोटी र ज्ञान ब. तामाङ रहेका छन् । 

यस्तै श्याम ब.तामाङ, बसन्त कुमार तामाङ, सानु तामाङ, सानु तामाङ र कृष्ण लाल शाही र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.१ बस्ने  जयराम चौलागाई रहेका छन् ।

प्रहरी वृत्त, बौद्धबाट खटिएको प्रहरी टोलीले नगद पाँच लाख तेत्तिस हजार दुई सय र ३ बुक तास सहित उनीहरुलाई पकाँउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँचदिनको म्याद थप अनुमति लिई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरु

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा कमजोर नतिजा आएपछि नेकपा एमालेभित्र विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। निर्वाचन सम्पन्न...

बलमजुङमा जिप दुर्घटना : दुईको मृत्यु, १२ घाइते

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, बेँसीसहरबाट उस्ताका...

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

प्रतिबन्धित औषधि र लागुऔषधको ठूलो परिमाण बरामद, दुई जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...

एफ १५ विमान खसालेपछि इरानसँगको वार्ता प्रभावित नहुने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...

बागमतीमा बालबालिका हराउने क्रम बढ्दो: तीन वर्षमा १,८३० बेपत्ता

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...

इरानले खसाल्यो अमेरिकी विमान, पाइलट इरानमै

काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...

न्याय प्रणालीमाथि प्रश्न: पीडकमैत्री सोचले कसरी कमजोर बनाइरहेको छ विश्वास ?

काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...

मध्यरातकाे निर्देशनलेे बिहानै फेवाताल किनारमा डोजर

पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...

राजधानीमा ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दी नियन्त्रणमा प्रहरी सक्रिय, १८ पक्राउ

काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending