बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आसन्न केन्द्रीय महाधिवेशनमा पार्टीका उम्मेदवारलाई जिताउन नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षले गरेको सर्कुलर बाहिरिएको छ । उम्मेदवारी दर्ता नहुँदै एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले टिकाराम पुरी नेतृत्वको समूहलाई जिताउन सहयोग गर्न सर्कुलर जारी गरेको पत्र बाहिरिएको हो ।
प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुंदैछ । एमाले प्रदेश अध्यक्ष कंडेलले फागुन ११ गतेको मितिमा जिल्ला अध्यक्षहरुलाई पत्र लेखेर प्याब्सन देशव्यापी सञ्जाल भएको महत्वपूर्ण संगठन भएको उल्लेख गर्दै महाधिवेशनमा निवर्तमान अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार पुरीको अध्यक्षमा उम्मेदवारी हुने भन्दै विजयी बनाउन सर्कुलर पठाएका थिए । मोरङका पुरी एमाले कार्यकर्ता हुन् । नयाँ नेतृत्वका लागि फागुन २१ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
प्रदेशका १२ वटै जिल्ला अध्यक्षलाई सम्बोधन गरी पठाएको गोप्य सर्कुलर कुन जिल्ला अध्यक्षले बाहिर सार्वजनिक गरे भन्ने विषयले एमाले लुम्बिनीमा तरंग ल्याएको छ ।
सर्कुलरमा पुरी नेतृत्वको समूहलाई विजयी बनाउन जिल्ला र सो मातहतका कमिटी र पार्टी पंक्तिलाई समन्वय र सहयोग गर्न भनिएको छ । यसका लागि पार्वती रावत,भोजबहादुर शाह,टिकाराम पुरी र कृष्ण खनालसंग सम्पर्क गर्न सर्कुलरमा भनिएको छ ।
प्याब्सनको महाधिवेशनमा वर्तमान अध्यक्ष डिके ढुंगाना,वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायत पनि अध्यक्षका दावेदार रहेका छन् ।
पार्टीको हस्तक्षेप पछि चर्को आलोचना
प्याब्सन सबै दलमा आस्था राख्ने विद्यालय सञ्चालकहरुको साझा र स्वतन्त्र संस्था भएकोमा नेकपा एमालेले भातृ संस्था जस्ता बनाउन खोजेको भन्दै चर्को आलोचना भएको छ । ‘प्याब्सनलाई कुनै दलको भातृ संस्था जस्तो बनाउने गरी एमाले लुम्बिनीले जारी गरेको सर्कुलुर खेदजनक र आपत्तिजनक छ’, प्याब्सन लुम्बिनी प्रदेश सचिव कृष्ण शर्माले भने, ‘प्याब्सनमा कुनै अमूक दलको हस्तक्षेप स्वीकार्य छैन ।’
उम्मेदवारी दर्ता नहुँदै कोशी प्रदेशका पूरीलाई जिताउन एमाले लुम्बिनीले सर्कुलर जारी गर्नु आफैमा अस्वभाविक भएको भन्दै सचिव शर्माले यसले एमालेकै अन्य व्यक्ति उम्मेदवार बन्न पाउने संवैधानिक र लोकतान्त्रिक अधिकारलाई कुण्ठित गरी निरंकुश चरित्र प्रदर्शन भएको टिप्पणी गरे ।
‘यो सर्कुलरले प्याब्सनको नेतृत्वमा आउन चाहने एमालेकै अन्य कार्यकर्तामाथि अन्याय र पक्षपात भएको छ, कुनै एउटा व्यक्तिका लागि पार्टीले सर्कुलर जारी गर्दा अरुको अवमूल्यन र अपमान भएको छ’, शर्माले भने ।
एमाले निकट प्याब्सन लुम्बिनीका एक सदस्यले पनि स्वतन्त्र संस्थामा पार्टीले अमूक व्यक्तिलाई जिताउन सर्कुलर जारी गर्नु र गोप्य सर्कुलर बाहिरिनुले गलत सन्देश गएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - २२:१३
काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भ...
चैत्र २१ गते, २०८२ - २२:१२
काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। ...
चैत्र २१ गते, २०८२ - २२:०२
काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन...
चैत्र २१ गते, २०८२ - २२:०१
पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। २०८२ चैत १९ गते दिउँसो स...
चैत्र २१ गते, २०८२ - २१:४३
चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...
चैत्र २१ गते, २०८२ - २१:२४
महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...
चैत्र २१ गते, २०८२ - २१:१०
तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...
चैत्र २१ गते, २०८२ - २१:०७
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...
चैत्र २१ गते, २०८२ - २०:५६
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...
चैत्र २१ गते, २०८२ - २०:५५
काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...


प्रतिकृया लेख्नुहोस्: