काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सरकारले गलत नियत र मनशाय राखेर अध्यादेश ल्याएको बताएका छन् । सरकारले ल्याएको विभिन्न अध्यादेशको सन्दर्भमा उपत्यकामा भएको एक साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालीनदेखि अहिलेका अपराधीहरुसँग कुरा मिलाएर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको बताएका हुन् ।
उनले उक्त अध्यादेश पास गर्न हुँदैन भन्ने माओवादीको निष्कर्ष रहेको सुनाए । ‘अहिलेको सबै अध्यादेश संसद् चल्नुभन्दा एक डेढ हप्ता अगाडिमात्रै किन ल्याइयो । संसद्मा विधेयक किन ल्याइएन रु संसदीय अभ्यासअनुसारको काम किन गरिएन ? यो नै माओवादी पार्टीको प्रमुख चासोको विषय हो । अब त्यहाँभित्र रहेको विषयको कुरा छन्’ नेता बिडारीले भने, ‘भूमिसम्बन्धी ऐनलाई चरम दुरुपयोग गरेर अपराधीहरु, भूमाफियाहरु, हदबन्दीभन्दा बढी जग्गा लुकाएर राखेका पञ्चायतकालीन अपराधीहरुदेखि अहिलेका अपराधीहरुसँग कुरा मिलाएर, गर्न नहुने कुरा गरेर यो भूमिसम्बन्धी अध्यादेश ल्याउने जमर्को गरे । मनशाय ठीक छैन, नियत ठीक छैन ।’
संसदीय प्रणाली अवलम्बन गर्ने देशको सरकारले अध्यादेश ल्याउन नमिल्ने उनको भनाइ छ । नेपालको संविधानको धारा ११४ मा अपवादको रुपमा अध्यादेशसम्बन्धी व्यवस्था राखिएको उनले सुनाए । सो अध्यादेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको उनको भनाइ छ । उनले संसदीय व्यवस्थामा रहेर अध्यादेश ल्याउने राजनीतिक दलहरुले लाज मान्नुपर्ने बताए । नेता बिडारीले अध्यादेश अत्यन्त संकटको बेलामा प्रयोग गरिने अपवादको व्यवस्था रहेको बताए ।
‘कानुन सबै संसद्ले बनाउँछ, संसद्बाहेक कसैले कानुन बनाउन पाउँदैन । यो संसदीय प्रणालीको महत्वपूर्ण सैद्धान्तिक पक्ष हो । तर, अध्यादेश कार्यपालिकाले जारी गर्छ । नेपालमा समस्या छ– अध्यादेश जारी गर्नेले पनि अध्यादेश ल्याएको मिलेन भन्छ । अध्यादेश जारी गर्ने दलहरु जो–जो छन्, त्यो–त्यो दलले त लाज मान्नुपर्ने हो नि । अध्यादेश मौका पाएपछि जारी भइहाल्ने, धारा ११४ लाई दुरुपयोग गरिएको हो,’– उनले भने ।
नेपालको जल, वन, सार्वजनिक जग्गा सक्न र शोषक सामन्तहरुले लुकाएर औद्योगिक क्षेत्रको रुपमा राखेका जग्गा जमिनहरुलाई वैधता दिन गलत मनशाय राखेर अध्यादेश ल्याएइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - २२:१३
काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भ...
चैत्र २१ गते, २०८२ - २२:१२
काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। ...
चैत्र २१ गते, २०८२ - २२:०२
काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन...
चैत्र २१ गते, २०८२ - २२:०१
पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। २०८२ चैत १९ गते दिउँसो स...
चैत्र २१ गते, २०८२ - २१:४३
चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...
चैत्र २१ गते, २०८२ - २१:२४
महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...
चैत्र २१ गते, २०८२ - २१:१०
तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...
चैत्र २१ गते, २०८२ - २१:०७
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...
चैत्र २१ गते, २०८२ - २०:५६
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...
चैत्र २१ गते, २०८२ - २०:५५
काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...


प्रतिकृया लेख्नुहोस्: