Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

अक्टोबर ७ को घटनाको कारक इजरायली सेनाले हमास बारे गरेको गलत मूल्याङ्कन

खबरडबली संवाददाता

काठमाडौँ । इजरायली सेनाको अनुसन्धान प्रतिवेदनले ७ अक्टोबर २०२३ को आतंकवादी आक्रमण यसको गलत मूल्याङ्कनका कारण भएको दाबी गरेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकू संगठन हमासको क्षमतालाई कम आँकलन गरेक कारण सो घटना भएको रिपोर्टमा उल्लेख छ ।

बिहीबार सार्वजनिक भएको यो प्रतिवेदनपछि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि आक्रमण अघि गरिएका राजनीतिक निर्णयहरूको अनुसन्धान गर्न दबाब पर्ने विश्वास गरिएको छ ।

७ अक्टोबर २०२३ मा, हमासले इजरायलको सीमा क्षेत्रमा रहेको एक संगीत महोत्सवमा आक्रमण गरेको थियो । यस आक्रमणमा लगभग १२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । हमासले बन्धक बनाएका २५१ जनामा एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन् ।

हमासले यस आक्रमणलाई 'अल-अक्सा फ्लड' अपरेशनको नाम दिएको थियो । प्रतिक्रियामा, इजरायलले केही घण्टा पछि हमासविरुद्ध अपरेशन सोर्ड्स अफ आइरन सुरु गरेको थियो ।

यस प्रतिवेदनमा इजरायली सेनाको मूल्याङ्कन हमासले केवल गाजामा शासन गर्न चाहेको र इजरायली सेनासँग लड्नु यसको प्राथमिक लक्ष्य नभएको रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गरेको हमासको क्षमताको गलत अनुमान नै अक्टोबर ७ को घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

सेनाका अधिकारीहरूले सबैभन्दा खराब अवस्थामा पनि हमासले केवल आठ क्षेत्रबाट जमिन आक्रमण गर्न अनुमान गरेका थिए, जुन गलत थियो । जबकी हमाससँग आक्रमण गर्न ६० भन्दा बढी मार्गहरू रहेको पाइएको छ । ७ अक्टोबर २०२३ अघि पनि हमास तीन पटक आक्रमण गर्न तयार थियो, तर विभिन्न कारणले ढिलाइ भएको थियो, जसलाई इजरायली सेनाले नजर अन्दाज गरेको थियो ।

आक्रमण हुनुभन्दा केही घण्टा अघि केही गडबड भएको संकेत देखिएको थियो । हमासका लडाकुहरूले आफ्नो फोन इजरायली नेटवर्कमा स्विच गरेका थिए ।

इजरायली सैन्य अधिकारीहरूले अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिनवार (जो गत अक्टोबरमा मारिएका थिए) ले २०१७ मा आक्रमणको योजना बनाउन थालेको गुप्तचर निकायले देखाएको बताएका छन् । प्रतिवेदनले इजरायली सेनाको अत्यधिक आत्मविश्वास र पूर्वकल्पित धारणाहरूमा अत्यधिक निर्भरता आक्रमणको लागि जिम्मेवार रहेको बताएको छ । प्रतिवेदनमा कुनै पनि सैनिक वा अधिकारीलाई दोषी ठहराइएको छैन ।

धेरै इजरायलीहरू अक्टोबर ७ को गल्तीको लागि नेतान्याहू जिम्मेवार छन् भन्ने विश्वास गर्छन् । मानिसहरू आक्रमण हुनुभन्दा पहिले पनि नेतान्याहूको सरकारले धेरै गलत निर्णयहरू गरेको अहिले पनि विश्वास गर्दछन् । अक्टोबर २०२३ मा सुरु भएको इजरायल हमास युद्धका कारण गाजामा बसोबास गर्ने २१ लाख मानिसहरू विस्थापित हुनुपरेको थियो । जबकि ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

युद्ध पछि, गाजामा ९६ प्रतिशत कृषि स्रोतहरू नष्ट भएका छन् र ९१ प्रतिशत मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । १६ प्रतिशत मानिसहरू अनिकाल जस्तो अवस्थामा बाँचिरहेका छन्, जबकि ४१ प्रतिशत जनसंख्याले गम्भीर खाद्यान्न अभावको सामना गरिरहेका छन् । अहिले गाजा पूर्णतया बाह्य सहायतामा निर्भर रहेको छ ।

जनवरी १९ मा दुवै पक्षबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा दुवै पक्षले एकअर्काका बन्धकहरूलाई रिहा गर्न सहमति जनाएका थिए । यस युद्धविराम सम्झौता अन्तर्गत, बन्धकहरूको रिहाइ तीन चरणमा हुनेछ । जसको पहिलो चरण बुधबार सम्पन्न भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्बन व्यापारबाट एक अर्ब १० करोड, उखु अनुदान भुक्तानी

काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको आजपनि विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...

बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...

बाल मन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

राष्ट्रिय सभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending