Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

खबरडबली संवाददाता

ढोरपाटन । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ ।

चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विजियोजन गरेको रु २५ लाखबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । जङ्गलको बीचमा रहेको रुद्रताल प्राकृतिक रूपमै सुन्दर रहेको र त्यसलाई थप व्यवस्थित गर्न थालिएको उनले बताए ।

उक्त बजेटले यस वर्ष सडकदेखि तालसम्म रेलीङसहितको पदमार्ग, खानेपानी र घेराबार गरिने तयारी भएको उपप्रमुख कायतले बताए । यसअघि पनि ताल संरक्षणको काम गरिए पनि अझै व्यवस्थित हुन नसेको भन्दै उनले पर्यटकका लागि स्वच्छ खानेपानी र विश्राम स्थल निर्माणका विषयमा पनि कुरा भइरहेको सुनाए। 

“यो ताल धार्मिक आस्थासँग पनि जोडिएको छ, पहिले सडकले नजोडिँदा ओझेलमा थियो, अहिले ताल नजिकैबाट ढोरपाटन उपत्यका पुग्ने सडक बनेकाले सिकार आरक्ष क्षेत्रमा पुग्ने हरेक पर्यटकले तालको अवलोकन गरेकै हुन्छन्, यसको संरक्षण गर्नका लागि हामीले प्रयास गरेका छौँ । यस वर्ष केही काम हुन्छ, बाँकी आगामी दिनमा गर्नेछौँ”, उपप्रमुख कायतले भने ।

तालमा वन्यजन्तुले पानी पिउन आउने हुँदा पर्यटकले नजिकैबाट अवलोकन गर्न सक्छन् । पछिल्लो समय यहाँ तालसँगै मृग, घोरललगायत वन्यजन्तु नजिकैबाट अवलोकन गरेर पर्यटकले थप आनन्द लिन थालेका छन् । भुजीखोलाको शिरमा पर्ने यो तालबाट बग्ने पानीले स्नान गर्दा छालासम्बन्धी रोग लाग्दैन भन्ने जनविश्वाससमेत रहेकाले पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ ।

नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष जाने सडकसँग जोडिएपछि पछिल्लो समय ताल धेरैको रोजाइमा पर्न थालेको नगरपालिका–९ का वीरबहादुर घर्तिमगरले बताए । एक दशक अगाडिसम्म सुनसान रहेको तालमा हाल पर्यटकको निकै चहलपहल बढेको उनले जानकारी दिए । 

ताल वरपर बगैँचा, प्रतीक्षालय, शौचालय र खानेपानीको व्यवस्थापन गर्न सकेमा धेरै सहज हुने र आकर्षण थप बढ्ने घर्तिमगरको भनाइ छ । “रुद्रताल यस क्षेत्रकै चर्चित ताल हो, जङ्गलको बीचमा यति सुन्दर ताल छ, यसको अझै प्रचारप्रसार र प्रवर्द्धन आवश्यक छ,” उनले भने, “तालमा पानी सुक्न थालेको छ, के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन । ताल सुक्यो भने त अस्तित्व नै समाप्त हुन्छ, सरोकार भएका निकायले यसतर्फ ध्यान दिनुपर्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको व्याख्या : भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...

कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...

सरकारले भन्यो- भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...

निर्वाचन ५५ दिन बाँकी- १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...

प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको आज बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending