Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

महाशिवरात्रिका अवसरमा एकसाथ प्रदर्शनमा आएका तीन चलचित्र कस्ता छन् ?

खबरडबली संवाददाता

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन सुरु गरिएको छ । 

नयाँ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुने भए पनि महाशिवरात्रिको बिदाको अवसर पारेर तीनै चलचित्र बुधबार नै प्रदर्शन भएका हुन् । केही चलचित्रले सार्वजनिक प्रदर्शन अगाडि आयोजित विशेष प्रदर्शनीमार्फत सकारात्मक प्रतिक्रिया बटुलिसकेका छन् ।

‘लाज शरणम्’ लाई हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को समूहले निर्माण गरेको हो । कुमार कट्टेलले निर्देशन गर्नुभएको चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन् ।

यस चलचित्रलाई प्रदर्शकले उत्साहजनक रूपमा ‘शो’ सङ्ख्या उपलब्ध गराएका छन् । निर्देशक कट्टेलले शृङ्खलामार्फत दर्शकबाट प्राप्त गरेको विश्वासलाई बढाउने काम चलचित्रमा गरेको बताए । 

उनले भने, “यो चलचित्रमा मनोरञ्जनसँगै नेपाली समाजमा बढ्दो विकृतिलाई व्यङ्ग्य गरेका छौँ । यसले मनोरञ्जनका साथै केही सन्दर्भमा सोच्न बाध्य बनाउँछ । हामीले सक्दो मेहनत गरेर चलचित्र बनाएका छौँ ।”

चलचित्र ‘फेरि रेशम फिलिली’ मा युवापुस्तामा बढो विदेश मोहलाई व्यङ्ग्य गरिएको छ । लेखक तथा निर्देशक निरोज महर्जनले मनोरञ्जनात्मक शैलीमा चलचित्रभित्र गम्भीर विषयलाई प्रस्तुत गरिएको जानकारी दिए। 

“युवापुस्तामा बढ्दो विदेश मोह, त्यसले समाजमा पार्ने प्रभावलाई समेटेर चलचित्र तयार गरेका छौँ । यसले विदेश मोहले निम्त्याउने हरेक घटनाक्रमलाई समेटेको छ । त्यसकारण यो पूर्ण पारिवारिक मनोरञ्जनात्मक चलचित्र बनेको छ । चलचित्र हेरेर घर पुग्दासमेत यसमा उठाइएको विषयले दर्शकलाई सोच्न बाध्य बनाउने छ”, उनले भने। 

चलचित्रमा अभिनेता विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् । 

चलचित्र ‘मायावी’ लाई दीवाकर भट्टराईले निर्देशन गर्नुभएको छ । प्रेम कथामा तयार भएको यस चलचित्रमा अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्सु महर्जन, नवअभिनेता समीम खानलगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक भट्टराईले बनिरहेका नियमित चलचित्रभन्दा ‘मायावी’ फरक प्रेम कथामा तयार भएको बताए । उनले भने, “यसको प्रस्तुतीकरण र पटकथा हेरिरहेका नेपाली चलचित्रभन्दा भिन्न छ । यसको कथालाई शब्दमा प्रस्ट्याउन सकिँदैन, हेरेपछि मैले यसलाई किन निर्माण र निर्देशन गरेँ भन्ने बुझ्नुहुनेछ । यो हेर्नेसँगै महसुस गर्ने चलचित्र बनेको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending