Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

लयमा रहेको म्यान्मारलाई हराउँदै उपाधिको खडेरी टार्ने दाउमा नेपाल

खबरडबली संवाददाता

काठमाडौं । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बुधबार बलियो म्यान्मारसँग उपाधि भिडन्त गर्दै छ । 

नेपालको महिला फुटबल टिम पुनः गृह मैदानको फाइदा र घरेलु दर्शकको ऊर्जाबिच पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउमा छ । 

यसअघि १२ पटक च्याम्पियन बन्ने भिडन्तमा असफल भएको नेपाललाई उपाधिले लोभ्याइरहेको धेरै समय भइसक्यो । विश्व वरीयतामा ५५ औँ स्थानमा रहेको म्यान्मार पनि नेपालमा च्याम्पियन बन्ने सपना देख्दै छ ।

फोर नेसन्स कपमा म्यान्मार प्रमुख दाबेदारको ‘टयाग’ सहित नेपाल आएको हो । लिग चरणमा किर्गिस्तान र लेबनानविरुद्ध एकपक्षीय जित हात पारी म्यान्मारले आफ्नो स्तर धेरै माथि रहेको प्रमाणित गरिसकेको छ । 

घरेलु टिम नेपाल भने सुरुका दुई खेलमा किर्गिस्तान र लेबनानविरुद्ध झिनो अन्तर (समान १–०) को जितसहित फाइनलमा पुगेको थियो । 

सुरुका दुई खेलबाट प्रदर्शन भरोसालायक नबनेपछि लिगको अन्तिम खेलमा म्यान्मारविरुद्ध घरेलु टिम दबाबमा खेल्ने अनुमान गरियो तर २–२ ले बराबरीमा सकिएको थियो ।

नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पनि नेपाली टिम अहिले उच्च मनोबलमा रहेको बताए। 

नेपालको महिला फुटबल टिमले एक वर्षभित्र तीन फाइनल खेल्न लागेको हो । यसअघि वाफ च्याम्पियन्स र साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा निराश बनेको थियो । 

नेपाललाई लामो समयदेखि परेको उपाधिको खडेरी टार्न सहज भने हुने छैन । म्यान्मार यस प्रतियोगिताको सबभन्दा उत्कृष्ट टिम हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending