Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मिथिला बिहारी महाआरती र माध्यमकी परिक्रममा धुमधामका साथ मनाइने

खबरडबली संवाददाता

महेन्द्रनगर । मिथिलाञ्चलसहित मधेसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग मनाइँदै छ ।

यही फागुन १५ गते बिहीबारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ । यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन र साधुसन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश दासले बताए ।

“यस धार्मिक परिक्रमामा हजारौँ भक्तजन र साधुसन्तहरूले नेपाल र भारतका पवित्र धार्मिकस्थलमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्तिका लागि कामना गर्दछन्”, उनले भने। 

मिथिलाको ऐतिहासिक परम्पराअनुसार परिक्रमा धनुषाको ठेरा कचुरी मठबाट सुरु हुने मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्र यादवले बताए । उनका अनुसार त्यसपछि विभिन्न धार्मिकस्थल हुँदै भारतको कल्याणेश्वरसम्म पुग्नेछन् ।

यस परिक्रमाको मुख्य उद्देश्य पाप नाश र पुण्य प्राप्ति रहेकोे संस्केतिका जानकार पण्डित काशिकान्त झाले बताउनुभयो । धार्मिकस्थलको परिक्रमा गर्दा भक्तजनले झाँकी, भजन र कीर्तनसहित अन्य धार्मिक गतिविधि गरी सबै सहभागी हुन्छन् । उनका अनुसार यस अवसरमा कञ्चनवन मन्दिरमा होलीको औपचारिक सुरुवात हुनेछ ।

कञ्चनवनमा भक्तजनले एकआपसमा होली खेल्ने परम्परा रहेको झाले उल्लेख गर्नुभयो । “यस महोत्सवको प्रमुख आकर्षक मिथिला बिहारी महाआरतीलाई लिइन्छ”, उनले भने।

महाआरती फागुन १४ गते साँझ ७ बजे कचुरी मठमा आयोजना गरिने हुँदैछ । आरतीमा हजारौँ श्रद्धालु भक्तजन उपस्थिति रहने औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादवले जानकारी दिए । 

महाआरतीका अवसरमा समग्र मिथिलाञ्चल क्षेत्रभर विशेष धार्मिक उत्सवको वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । यस महाआरतीले श्रद्धालुहरूको आध्यात्मिक उन्नति, विश्वासको संरक्षण र परम्पराको निरन्तरता हुनुका साथै यस क्षेत्रको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने अवसर प्राप्त हुने विश्वास लिइएको संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताए । 

कलश यात्रा भने फागुन १४ गते बिहान ८ बजे आरम्भ हुनेछ भने महाआरती सोही दिनको साँझ ७ बजेदेखि हुने मिथिला बिहारी महाआरती संरक्षण समितिले जनाएको छ । डोला प्रस्थान फागुन १५ गते बिहान ८ बजे मिथिला बिहारी–८ कचुरी मठबाट गरिने नगरप्रमुख यादवले बताए ।

धार्मिक यात्रा र महाआरतीका अवसरमा नेपाल र भारतका भक्तजन एकसाथ आउने भएकाले धार्मिक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने जनविश्वास रहेको राजर्षी विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले बताए ।उनका अनुसार महाआरती र माध्यमिकी परिक्रमा एक ऐतिहासिक अवसरको रूपमा रहेको छ ।

मिथिला बिहारी महाआरती संरक्षण समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, समाजसेवी, साधुसन्तलाई यस धार्मिक यात्रामा सहभागी हुन र महोत्सवलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रूपमा सुरुवात हुने परम्परा रहेकोे जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । 

“श्रद्धालु भक्तजनले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दूरी परिक्रमा गर्ने परम्परा छ । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल रहेका छन्”, महन्त वैष्णवले भने। 

सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुँदै सात दिनमा परिक्रमा गहा नगरपालिकको कञ्चनवन पुग्ने उनले बताए । 

यसैक्रममा कञ्चनवन अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीले एकआपसमा होली खेलेपछि औपचारिक रूपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनःकल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् । 

फागु पूर्णिमाका दिन परिक्रमावासीहरू जनकपुरको परिक्रमा अर्थात् अन्तगृही परिक्रमा पूरा गरेर घर फर्कने गर्छन् । परिक्रमाको धार्मिक लस्करमा नेपाल भारतसहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending