Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मिथिला बिहारी महाआरती र माध्यमकी परिक्रममा धुमधामका साथ मनाइने

खबरडबली संवाददाता

महेन्द्रनगर । मिथिलाञ्चलसहित मधेसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग मनाइँदै छ ।

यही फागुन १५ गते बिहीबारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ । यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन र साधुसन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश दासले बताए ।

“यस धार्मिक परिक्रमामा हजारौँ भक्तजन र साधुसन्तहरूले नेपाल र भारतका पवित्र धार्मिकस्थलमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्तिका लागि कामना गर्दछन्”, उनले भने। 

मिथिलाको ऐतिहासिक परम्पराअनुसार परिक्रमा धनुषाको ठेरा कचुरी मठबाट सुरु हुने मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्र यादवले बताए । उनका अनुसार त्यसपछि विभिन्न धार्मिकस्थल हुँदै भारतको कल्याणेश्वरसम्म पुग्नेछन् ।

यस परिक्रमाको मुख्य उद्देश्य पाप नाश र पुण्य प्राप्ति रहेकोे संस्केतिका जानकार पण्डित काशिकान्त झाले बताउनुभयो । धार्मिकस्थलको परिक्रमा गर्दा भक्तजनले झाँकी, भजन र कीर्तनसहित अन्य धार्मिक गतिविधि गरी सबै सहभागी हुन्छन् । उनका अनुसार यस अवसरमा कञ्चनवन मन्दिरमा होलीको औपचारिक सुरुवात हुनेछ ।

कञ्चनवनमा भक्तजनले एकआपसमा होली खेल्ने परम्परा रहेको झाले उल्लेख गर्नुभयो । “यस महोत्सवको प्रमुख आकर्षक मिथिला बिहारी महाआरतीलाई लिइन्छ”, उनले भने।

महाआरती फागुन १४ गते साँझ ७ बजे कचुरी मठमा आयोजना गरिने हुँदैछ । आरतीमा हजारौँ श्रद्धालु भक्तजन उपस्थिति रहने औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादवले जानकारी दिए । 

महाआरतीका अवसरमा समग्र मिथिलाञ्चल क्षेत्रभर विशेष धार्मिक उत्सवको वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । यस महाआरतीले श्रद्धालुहरूको आध्यात्मिक उन्नति, विश्वासको संरक्षण र परम्पराको निरन्तरता हुनुका साथै यस क्षेत्रको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने अवसर प्राप्त हुने विश्वास लिइएको संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताए । 

कलश यात्रा भने फागुन १४ गते बिहान ८ बजे आरम्भ हुनेछ भने महाआरती सोही दिनको साँझ ७ बजेदेखि हुने मिथिला बिहारी महाआरती संरक्षण समितिले जनाएको छ । डोला प्रस्थान फागुन १५ गते बिहान ८ बजे मिथिला बिहारी–८ कचुरी मठबाट गरिने नगरप्रमुख यादवले बताए ।

धार्मिक यात्रा र महाआरतीका अवसरमा नेपाल र भारतका भक्तजन एकसाथ आउने भएकाले धार्मिक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने जनविश्वास रहेको राजर्षी विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले बताए ।उनका अनुसार महाआरती र माध्यमिकी परिक्रमा एक ऐतिहासिक अवसरको रूपमा रहेको छ ।

मिथिला बिहारी महाआरती संरक्षण समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, समाजसेवी, साधुसन्तलाई यस धार्मिक यात्रामा सहभागी हुन र महोत्सवलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रूपमा सुरुवात हुने परम्परा रहेकोे जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । 

“श्रद्धालु भक्तजनले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दूरी परिक्रमा गर्ने परम्परा छ । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल रहेका छन्”, महन्त वैष्णवले भने। 

सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुँदै सात दिनमा परिक्रमा गहा नगरपालिकको कञ्चनवन पुग्ने उनले बताए । 

यसैक्रममा कञ्चनवन अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीले एकआपसमा होली खेलेपछि औपचारिक रूपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनःकल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् । 

फागु पूर्णिमाका दिन परिक्रमावासीहरू जनकपुरको परिक्रमा अर्थात् अन्तगृही परिक्रमा पूरा गरेर घर फर्कने गर्छन् । परिक्रमाको धार्मिक लस्करमा नेपाल भारतसहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending