म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम सुरु भएको छैन ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर सडकलाई ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न बेनीको सक्षम ब्रर्दश प्रालिले ठेक्का लिएको थियो ।
रु ९२ लाख ४१ हजारमा २०८१ भदौ १४ गते उक्त कम्पनीसँग भएको सम्झौताको अवधि गत माघ मसान्तमा सकिए पनि कालोपत्र नगरेपछि जरिवाना तिराउन थालिएको योजना प्रमुख ध्रुवकुमार झाले बताए । “निर्माण कम्पनीले कालोपत्र गर्न बेवास्ता गरेपछि फागुन १ गतेदेखि लागू हुने गरी कूल ठेक्का सम्झौता रकमको दैनिक ०.०५ प्रतिशतका दरले हर्जना तिराएका छौँ”, उनले भने, “ठेक्का सम्झौता रकमको १० प्रतिशतसम्म जरिवाना तिराउन पाउने सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाले दिएको अधिकार प्रयोग गरिएका हौँ । भुक्तानी गर्ने समयमा जरिवाना रकम घटाउँछौँ, काम नगरे जमानत बसेको बैंकबाट असुल हुन्छ ।”
सम्झौतालगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो । उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा निर्भर पर्दा ढिलाइ भएको हो ।
उपकरण जुटाउन नसकेर निर्माण कम्पनीले जिल्ला भित्रने मुख्य नाकामा रहेको सडक कालोपत्रमा ढिलाइ गर्दा स्थानीयवासीलाई धुलोले सास्ती हुनुका साथै समग्र जिल्लाकै बारेमा नकारात्मक सन्देश प्रवाह भएको बेनी–नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
मुस्ताङ भ्रमणमा आउने पर्यटकले बसपार्कस्थित सडक हिउँदमा धुलो, बर्खायाममा हिलो र सडकमा परेका खाल्टाखुल्टीका कारण सास्ती भोग्दै आएका छन् । यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने, धुलो छ । सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले काठमाडौँबाट अक्सफाल्ट गर्ने उपकरण र निर्माण सामग्री ल्याउन लागेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - २०:०९
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...
आषाढ़ ३१ गते, २०८३ - १९:५६
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...
आषाढ़ ३१ गते, २०८३ - ०८:४५
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...
आषाढ़ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...
आषाढ़ ३१ गते, २०८३ - ०८:२१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...
आषाढ़ ३१ गते, २०८३ - ०८:१५
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...



प्रतिकृया लेख्नुहोस्: