Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जादैनौँः गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न आवश्यक नरहेको बताएका छन् । उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको पनि बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले पटकपटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकाले लोकतन्त्रको विकल्प नसोचेको बताए । पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा कांग्रेससहितका अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण रहेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न नहुने स्पष्ट पारे ।

‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा  राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जादैनौँ’, थापाले भने । उनले प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन, सरकारको कामकारवाहीप्रति असन्तुष्टि निर्वाचनको माध्यमबाट व्यक्त गर्ने गरेको उल्लेख गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा देशले अब धेरै दुःख र कष्ट सहन नसक्ने भन्दै आफूलाई साथ दिन आह्वा गरेका थिए । शाहको त्यस्तो आह्वानपछि राजावादी नेताहरु उत्साहित भएका छन् । तर गणतान्त्रिक नेताहरु भने रुष्ट बनेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending