Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

मालपोत र नापी कार्यालय बाराका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । नापी कार्यालय बाराका तत्कालीन अधिकृत (हाल अवकाश) दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार नापी कार्यालय बाराका तत्कालीन सर्भेक्षक हाल नापी कार्यालय वीरगञ्ज पर्सामा कार्यरत नापी अधिकृत शिव बालक साह, मालपोत कार्यालय बाराका तत्कालीन नायव सुब्बा बुधनप्रसाद यादव, लेखापढी व्यवसायी जयलाल सहनी, जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनी तथा नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिलकुमार झाविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरूविरुद्ध जनही १ एक लाख ५० हजार बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले बताए । उनीहरूले बाराको साविक डुमरवाना गाविस–६ क को क्षेत्रफल ज।बि। ०–१–० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ०–३–१० कायम गरी बिक्री गरेको, त्यस्तै क्षेत्रफल ज.बि. ०–२–१० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ०–६–० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पुर्जा तयार गरी ठगी गरेको आयोगले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरीले आफ्नो पत्नी रामपति देवी थरुनीको नाउँमा रहेको जिल्ला बारा डुमरवाना गाविसस्थित कित्ता नम्बर २२१ र कित्ता नम्बर २८३ को जग्गाको क्षेत्रफल बढाई बिक्री गर्न लेखापढी व्यवसायी जयलाल सहनीलाई घुस÷रिसवत १ लाख ५० हजार समेत दिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

सहनीले उक्त रकम तत्कालीन नापी कार्यालय बारामा कार्यरत सर्वेक्षक सुनिलकुमार झालाई दिई उनीमार्फत् उक्त रकम अन्य प्रतिवादीहरूले समेत प्राप्त गरी मिलेमतोमा गैरकानूनी लाभ लिई गलत लिखत तयार गर्ने तथा सरकारी लिखत सच्चाउने कसुरमा संलग्न रहेको आयोगले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending