Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

के भएको थियो केआईआईटीमा ? के भन्छन भारतीय मिडिया ?

खबरडबली संवाददाता

काठमाडौं । भारत, ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु दुखद छ र यो भारतलाई विकासशील देशहरूको लागि शैक्षिक केन्द्र बनाउन चाहने भारत सरकारको लागि चेतावनी घण्टी हो।

केआईआईटीले एक भारतीय विद्यार्थीविरुद्ध नेपाली विद्यार्थी प्रकृतिको उत्पीडनको गुनासोलाई बेवास्ता गरेको देखिन्छ। पछि अनुसन्धानबिना यसले उनको मृत्युलाई भावनात्मक चोटको परिणाम ठहर गर्‍यो। जब सयौँ अन्य नेपाली विद्यार्थीले विरोध गरे, तिनीहरूलाई कटक रेलवे स्टेसनमा पुर्‍याइयो र टाढै रहन भनियो। 

एउटा भाइरल भिडिओमा केआईआईटीका दुई कर्मचारीहरू कराइरहेका सुनिन्छन्। उनीहरूले संस्थानको शिक्षण खर्च नै नेपालको बजेटभन्दा बढी छ भन्छन्। यस्तो अहंकार१ यस तर्कअनुसार अमेरिकामा रहेका भारतीयहरूले वालमार्टमा किनमेल गर्दा कृतज्ञ हुनुपर्छ, किनभने उक्त किराना साम्राज्यको आम्दानी भारत सरकारको बजेटभन्दा बढी छ।

यो घटना कूटनीतिक मुद्दामा परिणत भयो। नेपालका प्रधानमन्त्री ओलीले यो विषय उठाए। नेपालमा रहेको भारतीय दूतावासले आश्वासन दियो। ओडिसा सरकार तात्यो। केआईआईटीले माफी माग्यो। निष्कासित विद्यार्थीलाई फर्कन भन्यो। केआईआईटीले दुई उच्च अधिकारीहरूलाई ‘सेवाबाट हटायो’ पनि।

सन् २०१३ मा एक विश्वव्यापी सर्वेक्षणले भारतलाई सबैभन्दा बढी नश्लीय विभेद गर्ने (रेसिस्ट) देशहरूमध्येको दाबी गर्दा धेरैले खिल्ली उडाएका थिए। तर, यहाँ जातीय दुर्व्यवहार भोगेका अफ्रिकाका विद्यार्थीहरूलाई सोध्नुहोस्।

२०१४ को जनवरी रात जब दिल्लीका एक मन्त्रीले नाइजेरियालीलक्षित 'छापा' हान्न लगाएका थिए, त्यो भारतका लागि कहिल्यै नमेटिने दाग हो। हाम्रो आफ्नै उत्तरपूर्वका मानिसहरूप्रतिको हाम्रो व्यवहार पनि राम्रो छैन। कोभिड महामारीमा उनीहरूलाई 'चिनियाँ' भनेर कसरी कलंकित गरिएको थियो, सर्वेक्षणहरूले देखाएका छन्। अब यो मामला नेपालमा चर्किएको छ, जुन भारतमा विदेशी विद्यार्थीहरूको सबैभन्दा ठूलो स्रोत हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending