Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

राइड सेअरिङकाे कमिसन र भाडा घटाउने तयारीमा सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले राइड सेअरिङ एपको कमिसन घटाउने प्रक्रिया अघि बढाएको छ । नेपालमा पठाओ, टुटल, इन्ड्राइभ र जुमजुमलगायतका राइड सेअरिङ एप सञ्चालनमा छन् । तीमध्ये पठाओ, इन्ड्राइभ चल्तीका छन् । ती एपलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिका बनाउन लागेको हो । निर्देशिकासँगै भाडा पनि घटाउने तयारी छ ।

अहिले इन्ड्राइभले प्रतिकिलोमिटर १८ देखि २० रूपैयाँ लिइरहेको छ । नजिकको दूरीमा यात्रा गर्दा ६५ रूपैयाँ न्यूनतम तिर्नुपर्छ । १ देखि ३ किलोमिटर यात्रा गर्दा ६५ रूपैयाँभन्दा कममात्र यात्रा गर्न मिल्दैन ।  पठाओको नजिकको यात्रा ५७ रूपैयाँमा गर्न सकिन्छ । भने, पठाओमा समयअनुसार किलोमिटिरको भाडा फरक पर्छ । अफिस समयमा प्रतिकिलोमिटर २० देखि २२ रूपैयाँ र अन्य समयमा १८ देखि २० रूपैयाँ छ ।

कमिसन कसले कति लिन्छन् ?
अहिले पठाओले २० प्रतिशत र इन्ड्राइभले १० प्रतिशत कमिसन लिइरहेका छन् । पठाओमा २० प्रतिशत भने पनि २२ देखि २४ प्रतिशतसम्म काट्ने गरेको चालकहरू बताउँछन् । इन्ड्राइभ भने रिक्वेस्ट स्वीकार्नसाथ कमिसन चढ्छ । ग्राहकले रद्द गरे पनि कमिसन काटिने र सेवाग्राही नआए भोलिपल्ट फिर्ता गर्ने गरिएको छ ।

पठाओले पहिलो ५ ट्रिपमा २० प्रतिशत, ५ देखि ९ ट्रिपसम्म १५ प्रतिशत र ९ देखि १४ ट्रिपसम्म १० प्रतिशत कमिसन लिइरहेको छ । भने, इन्ड्राइभले भने १० प्रतिशत कमिसन लिइरहेको छ । इन्ड्राइभको ट्रिपअनुसार कमिसन घट्दैन । भने, इन्ड्राइभ बुक गरेर ग्राहकले क्यासिन गरेपछि १० प्रतिशत कमिसन काट्छ । त्यो काटेको कमिसन वालेटमा तत्काल नै फिर्ता आएपछि त्यो पैसा प्रयोग गर्न १ दिन कुर्नुपर्छ । भने, ग्राहकले सेवा नै नलिई इन्ड्राइभले राइडरसँग लिएको कमिसनबाट पनि केही पैसा काटेरमात्रै फिर्ता गर्छ ।

इन्ड्राइभका राइडर रमेश लामिछानेले भने, ‘इन्ड्राइभमा रिक्योस्ट आएर एसेप्ट गरेपछि हामीसँग कमिसन काट्छ । त्यो कमिसन वालेटमा आए पनि काटेकै दिन प्रयोग गर्न मिल्दैन । भोलिपल्ट काटेको कमिसनमा पनि जस्तै १५ रूपैयाँ काटेको छ । भने, त्यसमा पनि ३र४ रूपैयाँ काटेरमात्रै पैसा फिर्ता आउँछ । ग्राहकले सेवा नै नलिई कमिसन लिन र र लिएको कमिसनमा पनि केही पैसा काटेर आउँदा हामीलाई समस्या हुन्छ । ग्राहले पनि आफू जाने लोकेसन घटाएर राख्छन् । इन्ड्राइभमा यात्रा थपियो भने पनि पैसा थपिँदैन । ’

त्यस्तै पठाओ राइडर नवराज केसी भन्छन्, ‘पठाओले २० देखि २४ प्रतिशत कमिसन लिइरहेको छ । बेला(बेला राइडरहरूले कमिसन धेरै भयो भनेर विरोध गरिरहेका हुन्छन् । बाइक हाम्रो, बाइकमा समस्या आउँदा आफैँले बनाउनुपर्छ । एउटा एप बनाएर सञ्चालन गरेर नै २० प्रतिशतभन्दा धेरै कमिसन लिनु हामी राइडरहरूलाई मार हो ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राज‍ीव पोखरेलले राइड सेअरिङ एपहरूको कमिसन घटाउनका लागि काम सुरू भएको बताए । नयाँ भाडादरको मापदण्डबारे पनि सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ छ ।

उनले  भने, ‘निर्देशिका निर्माणको काम भइरहेको छ । स्टेक होल्डरलाई पनि बोलाएर छलफल गरिरहेका छौँ । अहिले १० देखि २० प्रतिशत कमिसन लिएर राइड सेअरिङ सञ्चालन भइरहेको छ । हामीले कमिसन घटाएर ५ प्रतिशतमा झार्नको लागि विभिन्न पक्षसँग छलफल गरिरहेका छौँ । कर, सुरक्षाको विषय र कमिसनको विषय र अफलाइनलाई हेरेर नै निर्देशिका बन्दैछ ।’

कमिसन घटाउन विभागले निर्देशिकाको तयारी गरिरहेको सन्दर्भमा प्रतिक्रिया माग्दा पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले केही प्रतिक्रिया दिन मानिनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending