Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

राइड सेअरिङकाे कमिसन र भाडा घटाउने तयारीमा सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले राइड सेअरिङ एपको कमिसन घटाउने प्रक्रिया अघि बढाएको छ । नेपालमा पठाओ, टुटल, इन्ड्राइभ र जुमजुमलगायतका राइड सेअरिङ एप सञ्चालनमा छन् । तीमध्ये पठाओ, इन्ड्राइभ चल्तीका छन् । ती एपलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिका बनाउन लागेको हो । निर्देशिकासँगै भाडा पनि घटाउने तयारी छ ।

अहिले इन्ड्राइभले प्रतिकिलोमिटर १८ देखि २० रूपैयाँ लिइरहेको छ । नजिकको दूरीमा यात्रा गर्दा ६५ रूपैयाँ न्यूनतम तिर्नुपर्छ । १ देखि ३ किलोमिटर यात्रा गर्दा ६५ रूपैयाँभन्दा कममात्र यात्रा गर्न मिल्दैन ।  पठाओको नजिकको यात्रा ५७ रूपैयाँमा गर्न सकिन्छ । भने, पठाओमा समयअनुसार किलोमिटिरको भाडा फरक पर्छ । अफिस समयमा प्रतिकिलोमिटर २० देखि २२ रूपैयाँ र अन्य समयमा १८ देखि २० रूपैयाँ छ ।

कमिसन कसले कति लिन्छन् ?
अहिले पठाओले २० प्रतिशत र इन्ड्राइभले १० प्रतिशत कमिसन लिइरहेका छन् । पठाओमा २० प्रतिशत भने पनि २२ देखि २४ प्रतिशतसम्म काट्ने गरेको चालकहरू बताउँछन् । इन्ड्राइभ भने रिक्वेस्ट स्वीकार्नसाथ कमिसन चढ्छ । ग्राहकले रद्द गरे पनि कमिसन काटिने र सेवाग्राही नआए भोलिपल्ट फिर्ता गर्ने गरिएको छ ।

पठाओले पहिलो ५ ट्रिपमा २० प्रतिशत, ५ देखि ९ ट्रिपसम्म १५ प्रतिशत र ९ देखि १४ ट्रिपसम्म १० प्रतिशत कमिसन लिइरहेको छ । भने, इन्ड्राइभले भने १० प्रतिशत कमिसन लिइरहेको छ । इन्ड्राइभको ट्रिपअनुसार कमिसन घट्दैन । भने, इन्ड्राइभ बुक गरेर ग्राहकले क्यासिन गरेपछि १० प्रतिशत कमिसन काट्छ । त्यो काटेको कमिसन वालेटमा तत्काल नै फिर्ता आएपछि त्यो पैसा प्रयोग गर्न १ दिन कुर्नुपर्छ । भने, ग्राहकले सेवा नै नलिई इन्ड्राइभले राइडरसँग लिएको कमिसनबाट पनि केही पैसा काटेरमात्रै फिर्ता गर्छ ।

इन्ड्राइभका राइडर रमेश लामिछानेले भने, ‘इन्ड्राइभमा रिक्योस्ट आएर एसेप्ट गरेपछि हामीसँग कमिसन काट्छ । त्यो कमिसन वालेटमा आए पनि काटेकै दिन प्रयोग गर्न मिल्दैन । भोलिपल्ट काटेको कमिसनमा पनि जस्तै १५ रूपैयाँ काटेको छ । भने, त्यसमा पनि ३र४ रूपैयाँ काटेरमात्रै पैसा फिर्ता आउँछ । ग्राहकले सेवा नै नलिई कमिसन लिन र र लिएको कमिसनमा पनि केही पैसा काटेर आउँदा हामीलाई समस्या हुन्छ । ग्राहले पनि आफू जाने लोकेसन घटाएर राख्छन् । इन्ड्राइभमा यात्रा थपियो भने पनि पैसा थपिँदैन । ’

त्यस्तै पठाओ राइडर नवराज केसी भन्छन्, ‘पठाओले २० देखि २४ प्रतिशत कमिसन लिइरहेको छ । बेला(बेला राइडरहरूले कमिसन धेरै भयो भनेर विरोध गरिरहेका हुन्छन् । बाइक हाम्रो, बाइकमा समस्या आउँदा आफैँले बनाउनुपर्छ । एउटा एप बनाएर सञ्चालन गरेर नै २० प्रतिशतभन्दा धेरै कमिसन लिनु हामी राइडरहरूलाई मार हो ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राज‍ीव पोखरेलले राइड सेअरिङ एपहरूको कमिसन घटाउनका लागि काम सुरू भएको बताए । नयाँ भाडादरको मापदण्डबारे पनि सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ छ ।

उनले  भने, ‘निर्देशिका निर्माणको काम भइरहेको छ । स्टेक होल्डरलाई पनि बोलाएर छलफल गरिरहेका छौँ । अहिले १० देखि २० प्रतिशत कमिसन लिएर राइड सेअरिङ सञ्चालन भइरहेको छ । हामीले कमिसन घटाएर ५ प्रतिशतमा झार्नको लागि विभिन्न पक्षसँग छलफल गरिरहेका छौँ । कर, सुरक्षाको विषय र कमिसनको विषय र अफलाइनलाई हेरेर नै निर्देशिका बन्दैछ ।’

कमिसन घटाउन विभागले निर्देशिकाको तयारी गरिरहेको सन्दर्भमा प्रतिक्रिया माग्दा पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले केही प्रतिक्रिया दिन मानिनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending