Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधी पाउने

खबरडबली संवाददाता

काठमाडौं । क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने बताएको हो ।

उनले क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लगायत संस्थाहरुले औषधी उपलब्ध गराएपछि थप सहज भएको बताए।

उनले भने, ‘‘चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । यसका लागि चारवटै अस्पताललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । अब हामीलाई थप सहज भएको छ । डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधी प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढङ्गबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ । यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढंगबाट लक्षित समूहसम्म पुर्‍याउने काम हुन्छ ।’’

उनले औषधीका वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने जानकारी दिए । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधी वितरण हुने उनको भनाइ छ ।

‘‘बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पुर्‍याउने गरी प्रावधानको प्रवन्ध गरिनु पर्छ भनेर भनिरहेका छौँ ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘त्यसैले कति सक्छौँ अरु पक्षहरुबाट पनि कोसिस गरिरहेका छौँ । अहिले यी चारवटा अस्पतालबाट व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने प्रक्रियामा अस्पतालका कार्याकारी निर्देशक र मन्त्रालयले समन्वय गर्ने र सहयोगी संस्थाहरुबाट निःशुल्क औषधी उपलब्ध गराउने स्थिति बन्यो भने व्यवस्थित हिसाबले कार्यान्वयन गर्ने अवस्था हुन्छ ।’’

स्वास्थ्य मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधी आवश्यकताका आधारमा सर्वसुलभ रुपमा वितरण गर्ने व्यवस्था मिलाउने बताए । उनले भनसुनको भरमा औषधी वितरण गर्ने नभइ सिस्सटमको आधारमा सेवा प्रवाह हुने जानकारी दिए। उनले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधीको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘‘६ वटा राष्ट्रमध्ये नेपाल एउटा परेको छ, यो पाँच वर्षका लागि भनेको छ । त्यसपछि हामीले यसलाई कसरी सस्टेन गर्ने भन्ने विषयमा पनि हामीले अहिलेदेखिनै सोचविचार गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो अनुसारको प्लानिङ पनि गछौँ ।’’
ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधी उपलब्ध गराउने भएको छ ।

संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरुको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधीको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधी हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो चरणको औषधी प्राप्त गरेको थियो । 

बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधी दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधी खरिद गरेको हो । नेपाललाई उक्त औषधी निःशुल्क उपलब्ध गराइएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...

घण्टाघर नजिक थकाली रेस्टुरेन्टमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...

चिनियाँ परराष्ट्रमन्त्रीद्वारा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् ।  ...

पक्राउपछि ओली शिक्षण अस्पताल भर्ना, एनेक्स वानको ५०१ नम्बर बेडमा राखियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...

ओली र लेखकलाई महाराजगञ्ज प्रहरी गणमा राखिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएक...

एमालेको आपत्ति : ओलीमाथि गिरफ्तारी राजनीतिक प्रतिशोध, कसले के भने ?

काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending