काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा एक साता लामो विदेश भ्रमण पूरा गरी स्वदेश फर्केकी छन् । ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर उनी बिहीबार स्वदेश फर्किएकी हुन् ।
भारतीय विदेशमन्त्री डा।एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उनी फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै राणाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् । सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता थियो । सम्मेलनमा राणाले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यसैगरी ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री, सम्पदा तथा पर्यटनमन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स र श्रीलंकाका विदेशमन्त्री एवं जापानका विदेश राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी थिइन् । इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
‘मन्त्री राणाले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति सम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको जानकारी दिइन् । यस विषयमा हिजोमात्र पनि आफूले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।
‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौँ । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुबीच समन्वय गर्यौँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुव्र्यबहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ,’ उनले भनिन्् ।
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग नेपालले गरेको छ । घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली दूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि मन्त्री राणाले दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १३:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिहरूका स...
बैशाख ३ गते, २०८३ - १३:१३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् । काठमाड...
बैशाख ३ गते, २०८३ - १३:०५
काठमाडौँ। अध्यागमन विभागले कुनै पनि नेपाली नागरिकलाई कानुनविपरीत शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति नरहेको स्पष्ट पारेको छ। संयुक्त...
बैशाख ३ गते, २०८३ - १२:४०
ढल्केबर। धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली...
बैशाख ३ गते, २०८३ - १२:१०
काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरेको छ। दूतावासका अनुसार ...
बैशाख ३ गते, २०८३ - ११:३१
काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवार तय गर्न आन्तरिक तथा संयुक्त छलफलमा जुटेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (न...
बैशाख ३ गते, २०८३ - ११:०७
काठमाडौं । संघीय संसदअन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका लागि आज मनोनयन दर्ता भइरहेको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म ...
बैशाख ३ गते, २०८३ - १०:४०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दै छन्। बैठक दिउँसो २ बजे ...
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...


प्रतिकृया लेख्नुहोस्: