फुङ्लिङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।
पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता९कार्यकर्ता, मुकुम्लुङ केवलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको नेता केशव झाले बताए ।
पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन। जबसम्म केवलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ,’ राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोले भने ।
नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केवलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्। स्थानीयबासीले पनि परियोजनाको विरोध जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १३:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिहरूका स...
बैशाख ३ गते, २०८३ - १३:१३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् । काठमाड...
बैशाख ३ गते, २०८३ - १३:०५
काठमाडौँ। अध्यागमन विभागले कुनै पनि नेपाली नागरिकलाई कानुनविपरीत शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति नरहेको स्पष्ट पारेको छ। संयुक्त...
बैशाख ३ गते, २०८३ - १२:४०
ढल्केबर। धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली...
बैशाख ३ गते, २०८३ - १२:१०
काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरेको छ। दूतावासका अनुसार ...
बैशाख ३ गते, २०८३ - ११:३१
काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवार तय गर्न आन्तरिक तथा संयुक्त छलफलमा जुटेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (न...
बैशाख ३ गते, २०८३ - ११:०७
काठमाडौं । संघीय संसदअन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका लागि आज मनोनयन दर्ता भइरहेको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म ...
बैशाख ३ गते, २०८३ - १०:४०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दै छन्। बैठक दिउँसो २ बजे ...
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...


प्रतिकृया लेख्नुहोस्: