सुर्खेत। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘नेपाली कांग्रेस पुरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु । महाधिवेशन समयमै गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’
उनले यो पटकको महाधिवेशनमा आफू सभापतिका लागि अघि बढेको सङ्केत समेत गरे । उनले भने, ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु।’ अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै उनले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।
कोइरालाले भने, ‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन छँदै छैन।’ अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उनले तर त्यो कार्यान्वयन नभएको उनले बताए ।
उनले पछिल्लो समय दुई ठुला दल मिले निरङ्कुशता हुन्छ भन्ने प्रसङ्गप्रति सहमति समेत जनाए। ‘हो, हामीले खबरदारी पनि गरेका छौ, सबैतिर खबरदारी गर्नुपर्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...
आषाढ़ ३१ गते, २०८३ - ०८:४५
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...
आषाढ़ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...
आषाढ़ ३१ गते, २०८३ - ०८:२१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...
आषाढ़ ३१ गते, २०८३ - ०८:१५
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...
आषाढ़ ३१ गते, २०८३ - ०८:१२
काठमाडौं । नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...
आषाढ़ ३१ गते, २०८३ - ०८:०४
काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...



प्रतिकृया लेख्नुहोस्: