सुर्खेत । सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १० हजार ७ सय ३४ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १ हजार ३ सय ५१ ले बढी हो।
तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा मात्रै ६ सय ८ जना पीडित भएका छन्, जुन गत वर्षको तुलनामा १ सय ९ ले बढी हो।
प्रदेशभर महिलामाथि हुने हिंसाका घटनामा ३ सय ८६ जना महिला पीडित भएका छन्। घरेलु हिंसाका घटनामा ३ सय १२ जना र बलात्कारका घटनामा ५७ जना महिला पीडित भएको तथ्याङ्कले देखाएको छ। बालअधिकार उल्लङ्घनतर्फ देशभर १ हजार ७ सय ५६ जना पीडित भएका छन्। यसमध्ये १ हजार ४६ बालिका बलात्कारका घटनाबाट पीडित भएका छन् भने दुई जना बालिकाको बलात्कारपछि हत्या भएको छ।
यसैबीच इन्सेकले कारागारको अवस्था पनि चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। उसका अनुसार नेपालका कारागारहरू क्षमताभन्दा १०,६५० ले बढी कैदीले भरिएका छन्।१८ हजार ५ सय ९ जनाको क्षमता भएका कारागारहरूमा हाल २९ हजार १ सय ५९ कैदीबन्दी छन्।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकार कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूले आमजनताको जीवनमा केही परिवर्तन ल्याउन सक्यो भने मात्रै सरकार भएको अनुभूति जनताले गर्नेछन्’, उनले भने।
विपतका कारण भएको क्षतिको परिपूरण र पुनर्स्थापनाको मार्गचित्र बनाउन सरकार चुकेको उनको भनाइ छ। महिला मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी सचिव शर्मिला विसीले महिलाको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताइन्। ‘महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ। पारिवारिक व्यवस्थापनका लागि जनचेतना जगाई मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउँदा हिंसा कम हुन्छ’, उनले भनिन्।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले मानव अधिकारको रक्षाका लागि सरकार प्रतिवद्ध हुनुपर्ने बताए। ‘देशभरको अवस्था हेर्दा महिला र बालबालिका बढी पीडित छन्। अझै पनि पुरुष प्रधान समाज हावी छ। महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ’, उनले भने।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले कानुन कार्यान्वयनमा सरकारी निकायहरूको सक्रियता बढ्नुपर्ने बताए। ‘मानव अधिकारको सचेतनाका कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ। कानुन विपरित उल्लङ्घन गरेर अपराधका घटना भए मानव अधिकारमा चुनौती थपिन्छ’, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: