Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

देशभर मानवअधिकार उल्लङ्घनका घटना बढ्दै, कर्णालीमा मात्रै ६०८ जना पीडित

खबरडबली संवाददाता

सुर्खेत । सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १० हजार ७ सय ३४ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १ हजार ३ सय ५१ ले बढी हो।

तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा मात्रै ६ सय ८ जना पीडित भएका छन्, जुन गत वर्षको तुलनामा १ सय ९ ले बढी हो। 

प्रदेशभर महिलामाथि हुने हिंसाका घटनामा ३ सय ८६ जना महिला पीडित भएका छन्। घरेलु हिंसाका घटनामा ३ सय १२ जना र बलात्कारका घटनामा ५७ जना महिला पीडित भएको तथ्याङ्कले देखाएको छ।  बालअधिकार उल्लङ्घनतर्फ देशभर १ हजार ७ सय ५६ जना पीडित भएका छन्। यसमध्ये १ हजार ४६ बालिका बलात्कारका घटनाबाट पीडित भएका छन् भने दुई जना बालिकाको बलात्कारपछि हत्या भएको छ।

यसैबीच इन्सेकले कारागारको अवस्था पनि चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। उसका अनुसार नेपालका कारागारहरू क्षमताभन्दा १०,६५० ले बढी कैदीले भरिएका छन्।१८ हजार ५ सय ९ जनाको क्षमता भएका कारागारहरूमा हाल २९ हजार १ सय ५९ कैदीबन्दी छन्।

कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकार कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूले आमजनताको जीवनमा केही परिवर्तन ल्याउन सक्यो भने मात्रै सरकार भएको अनुभूति जनताले गर्नेछन्’, उनले भने।

विपतका कारण भएको क्षतिको परिपूरण र पुनर्स्थापनाको मार्गचित्र बनाउन सरकार चुकेको उनको भनाइ छ। महिला मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी सचिव शर्मिला विसीले महिलाको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताइन्। ‘महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ। पारिवारिक व्यवस्थापनका लागि जनचेतना जगाई मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउँदा हिंसा कम हुन्छ’, उनले भनिन्।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले मानव अधिकारको रक्षाका लागि सरकार प्रतिवद्ध हुनुपर्ने बताए।  ‘देशभरको अवस्था हेर्दा महिला र बालबालिका बढी पीडित छन्। अझै पनि पुरुष प्रधान समाज हावी छ। महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ’, उनले भने।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले कानुन कार्यान्वयनमा सरकारी निकायहरूको सक्रियता बढ्नुपर्ने बताए। ‘मानव अधिकारको सचेतनाका कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ। कानुन विपरित उल्लङ्घन गरेर अपराधका घटना भए मानव अधिकारमा चुनौती थपिन्छ’, उनले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending