Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नु अहिलेको सरकारको प्राथमीकताः सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको ख्याल गरेर अध्यादेश ल्याइएको बताएको छन। उनले अध्यादेशको विरोध गर्नुको औचित्य नरहेको प्रष्ट पारे। 

मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्न, सहकारी र सुकुम्बासी सम्बन्धी समस्या अन्त्य गर्ने उदेश्य बोकेको अध्यादेश भित्रका विषयवस्तुमा कसैको पनि फरक मत नरहेको बताए।

राष्ट्रिय समाचार समितिको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले जनताको सेवा गर्न, विकासमा स्थायित्व गतिशीलता ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नु अहिलेको सरकारको प्राथमीकताको विषय रहेको बताए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले क्रान्ति, जनआन्दोलन, व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नहुँदा जुनसुकै सरकारले पनि लक्ष्य अनुसार नतिजा दिन नसकेको उनको तर्क थियो।

सरकारका सबै संघसंस्था पूर्ण लोकतान्त्रिक र समावेशी कायम गर्ने विषयमा हेक्का राख्न सुझाव दिँदै मन्त्री गुरुङले प्रजातन्त्रमा प्रतिस्पर्धा र आलोपालो हुनुपर्नेमा त्यो नहुँदा टिकाटिप्पणी गरेको बताए।

प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाक्ने व्यक्तिको शैली र आचरणमा शुद्धता आवश्यक रहेको बताउँदै उनले पुराना संरचनालाई नयाँ व्यवस्था अनुरुप लोकतान्त्रीक बनाउदै लैजानुपर्ने आजको आवश्यकता भएको औँल्याए।

“हामीले नीति र व्यवस्थामा क्रान्ति ल्याउन नसक्दा मुलुकले सोँचे अनुकुल उपलब्धी हासिल गर्न सकेन”, मन्त्री गुरुङले भे, “अहिले हामी आवश्यक नीति रुपान्तरणमा जोड दिएका छौँ।” 

विगतमा लोकतन्त्रमाथि खिचातानी भइरहेको हुँदा लोकतन्त्र ट्रयापमा पर्दै आएको बताउदै त्यही ट्रयापबाट लोकतन्त्र बचाउन दुई ठुला राजनीतिक दल ९नेपाली कांग्रेस र नेकपा एमाले० गठबन्धन गर्नुपरेको बताउनुभयो। त्यस्तै मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई व्यवस्थित र समयानुकुल बनाउन मन्त्रालय सधै सकारात्मक रहेको बताए।

मन्त्री गुरुङका अनुसार सरकारी मातहतका सञ्चार माध्यम जनताको सूचना सेवाप्रति उत्तरदायी हुनुपर्ने बताउदै राससले उक्त भूमिका प्रभावकारी ढंगले निर्वाह गर्दै आएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending