Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

रुसले बर्बरता रोक्न चाहन्छ, यो अर्थहीन युद्ध हो : राष्ट्रपति ट्रम्प

खबरडबली संवाददाता

वासिङ्टन । युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबिचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबिचका सैनिकहरूमाथि युद्धले पारेको क्षतिलाई उद्धृत गर्दै रुस द्वन्द्वको अन्त्य गर्न चाहन्छ भन्ने विश्वास व्यक्त गरेको छन ।

उनले युद्धलाई ‘अर्थहीन’ भनेर जोड दिए र यो कहिल्यै हुनु नहुने थियो भन्दै उनको नेतृत्वमा यो हुने थिएन भनी जोड दिए ।

युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी अधिकारी र रुसी प्रतिनिधिहरूबिचको वार्ताको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफू ‘धेरै बढी विश्वस्त’ भएको र ‘वार्ता धेरै राम्रो भएको’ बताए ।

“रुसले केही गर्न चाहन्छ । उनीहरू त्यहाँ भइरहेको बर्बरतालाई रोक्न चाहन्छन् । साप्ताहिक रूपमा हजारौँ सैनिक मारिँदैछन् । रुसी र युक्रेनी सैनिकहरूबाहेक धेरै कोरियाली मारिएका छन्”, मार–अ–लागोमा मङ्गलबार ९स्थानीय समय० कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “हामी यसलाई अन्त्य गर्न चाहन्छौँ, यो एक अर्थहीन युद्ध हो । यो कहिल्यै हुनु हुँदैनथ्यो म राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन ।”

उल्लेखनीय छ, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अन्य अधिकारीसँग वार्ता गर्नुभयो । वार्तामा युक्रेनको स्थितिसहित विभिन्न विषयमा केन्द्रित भएर दुवै पक्षले सङ्घर्ष समाधान गर्न र यसका मूल कारणहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साउदी अरबमा चार घन्टाभन्दा बढी समय चलेको वार्तापछि अमेरिका र रुस चारवटा मुख्य सिद्धान्तमा सहमत भएको मङ्गलबार रुबियोले बताए। यसमा ‘युक्रेनमा द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न र काम गर्न’ मद्दत गर्न एक उच्चस्तरीय टोली नियुक्त गर्नु समावेश छ जुन ‘संलग्न सबै पक्षहरूलाई स्वीकार्य छ’, भनी सिएनएनले जनाएको छ ।

तथापि छलफलको हिस्सा नभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन ‘रुसको अल्टिमेटमलाई आत्मसमर्पण गर्नेछैन’ भन्दै युक्रेनको सहभागिता बिना भएको कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गर्ने कुरामा जोड दिए।

एक्समा एक पोस्टमा रूसी विदेश मन्त्रालयले लेखेको छन, “विदेशमन्त्री सर्गेई लाभरोभ र राष्ट्रपतिका सहयोगी युरी उशाकोभले विदेशमन्त्री रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग वार्ता गरे। दुवै पक्ष रुस–अमेरिका संवाद स्थापना गर्न सहमत भएका छन् ।”

रुस–अमेरिका परामर्शमा रुसी विदेश मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ, “सहभागीहरूले द्विपक्षीय सम्बन्धहरूलाई सामान्य बनाउने सम्भावनासहित विषयहरूको व्यापक दायरामा छलफल गरे । पक्षहरू सकेसम्म चाँडो सम्बन्धित राजदूतहरू नियुक्त गर्न र दुई देशका कूटनीतिक मिशनहरूको गतिविधिमा लगाइएका प्रतिबन्धहरू हटाउन उपविदेशमन्त्रीहरूको स्तरमा परामर्श सुरु गर्न सहमत भए ।”

“दुवै पक्षले युक्रेन वरपरको स्थितिमा विचार आदानप्रदान गरे र द्वन्द्व समाधानका लागि आपसी प्रतिबद्धता दोहो¥याए । रुसी पक्षले द्वन्द्वका मूल कारणहरू हटाउन, दीर्घकालीन र स्थायी शान्ति प्राप्तिका लागि उचित अवस्था सिर्जना गर्न र यस क्षेत्रका सबै देशहरूको सुरक्षा र वैध हितहरू सुनिश्चित गर्ने महत्त्वलाई जोड दियो । निकट भविष्यमा नियुक्त हुने विशेष दूतहरूमार्फत यस क्षेत्रमा संयुक्त कार्य जारी राख्ने सहमति भयो”, विज्ञप्तिमा उल्लेख छ ।

आणविक शक्ति र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूका रूपमा शान्ति र सुरक्षाका मामिलाहरूमा रुस र संयुक्त राज्य अमेरिकाको विशेष जिम्मेवारीको बारेमा सचेत रहँदै दुवै राष्ट्र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न सञ्चार माध्यमहरू पुनः सुरु गर्न पनि सहमत भएका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार रुसी र अमेरिकी राष्ट्रपतिहरूबीचको बैठक तयार गर्न संयुक्त कार्य जारी राख्ने चासो पुष्टि गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending