काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र सङ्गीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएको छन ।
बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएको हो । उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाइबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए ।
प्रमुख साहले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा सहयोग पुर्याउने जानकारी दिए । उनले महानगरका प्रथम प्रमुख प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको बताए। उनले प्रथम प्रमुख सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे।
प्रमुख साहले भने, ‘‘काठमाडौं महानगरपालिकाका प्रथम प्रमुख प्रेमलाल ९पिएल० सिंहज्यू एकदमै भिजिनरी थिए । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुशी लागेको छ । उनको बारेमा स्कुलका नानीबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ । यो ठाउँमा चाहिँ आज पहिलोचोटि कार्यक्रम गरिएको हो ।’’
महानगरले विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रम गर्दै आएको बताए ।
प्रमुख साहले भने, ‘‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरु पनि एउटा माध्यम हो । त्यसले खालि समयमा नकारात्मक कुराहरुप्रति आकर्षित हुने कुरालाई रोक्छ । पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापमा सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ तर विण्डो चाहिँ बन्द भएर बसिराखेको हुन्छ । पेन्टिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ । यसले सिर्जनशीलता बढ्दै जाँदा अरु कामसमेत राम्रो हुँदै जान्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८१ - १७:०५
गुल्मी । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस गुल्मीले यस जिल्लाका वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्ष...
चैत्र ८ गते, २०८१ - १६:५४
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् । त्रिभुवन बिम...
चैत्र ८ गते, २०८१ - १६:४६
खोटाङ । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगर...
चैत्र ८ गते, २०८१ - १६:१०
काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा दलित अभियन्ताहरुले राजधानीमा प्रदर्शन भएको छ । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर...
चैत्र ८ गते, २०८१ - १५:३६
काठमाडौं। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्त...
चैत्र ८ गते, २०८१ - १५:०६
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० ला...
चैत्र ८ गते, २०८१ - १४:५९
बिरगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन । नेकपा माओवादी केन्द्रद...
चैत्र ८ गते, २०८१ - १४:४८
काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...
चैत्र ८ गते, २०८१ - १४:३४
काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...
चैत्र ८ गते, २०८१ - १४:१९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भ...
प्रतिकृया लेख्नुहोस्: