काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएको छन ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गरे।
पूर्वराष्ट्रपति यादवले भने, “यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढङ्गबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।”
फागुन ७ गतेले दै लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देश गरेको बताउँदै उहाँले मुलुकमा धेरै उतारचढाव हँुदै विसं २०४६ र २०६२/०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राखे।
पूर्वराष्ट्रपति डा यादवले भने “अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको छ, त्यसको मूल जरो भनेको २००७ साल हो । जुन मुलुकको राजनीतिक इतिहासमा त्यति ठूलो योगदान कहिलै भएको थिएन । त्यो धेरै ठूलो परिवर्तन थियो ।” मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उनले त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी गरे।
प्राप्त उपलब्धि र विविधताको रक्षा र एकीकरण गर्दै लैजानु पर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा यादवले सबैका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: