काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ सुरु गर्दैछ । अभियान झापाको कचनकवलबाट सुरु हुनेछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रीत अभियान कञ्चनपुरमा पुगेर समापन हुने जानकारी दिए ।
हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला ९झापा, मोरङ र सुनसरी० मा अभियान सञ्चालन हुनेछ । उद्घाटनको दिन बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ ।
फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना हुनेछ । फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गरी समापन हुनेछ ।
जागरण अभियान फागुन १५ देखि २२ गतेसम्म मधेश प्रदेशमा हुनेछ । फागुन १५ गते मधेस प्रदेशको सप्तरी, १६ गते सिरहा, १७ गते धनुषा, १८ गते महोत्तरी, १९ गते सर्लाही, २० गते रौतहट, २१ गते बारा र २२ गते पर्सामा भेटघाट र अन्तरक्रिया हुने तय भएको छ ।
फागुन २३ गतेबाट बागमती प्रदेशमा सुरु हुनेछ । २३ गते चितवन जिल्लास्थित भरतपुरमा सभा तथा अन्तक्र्रिया गर्ने तयारी छ । फागुन २४ गतेबाट लुम्बिनी प्रदेशको नवलपरासीबाट अभियान सञ्चालन हुने गरी तयारी भइरहेको छ । अभियान चैत २ गते सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन हुनेछ ।
लुम्बिनी प्रदेशमा फागुन २९ गतेसम्म अभियान टोली रहेमा चैत १ गते कैलाली र चैत २ गते कञ्चनपुरमा समापन हुने छ । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: