Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भारतीय क्याम्पसमा नेपाली छात्राको मृत्यु प्रकरण के हो ?

खबरडबली संवाददाता

काठमाडौं । एक नेपाली छात्राको "शङ्कास्पद मृत्यु"को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत तर छात्रावास छाड्नुपरेका नेपाली विद्यार्थीहरूले अन्योल र चिन्तामा परेको बताएका छन्।

आइतवार साँझतिर बुटवल घर भएकी ती छात्रा "झुन्डिएको पाइएको" घटनापछि क्याम्पसमा तनाव सिर्जना भएको बताइएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बीबीसी नेपालीलाई बताएअनुसार घटनाबारे क्याम्पस प्रशासन र नेपाली विद्यार्थीहरूले फरकफरक विवरण दिएका छन्।

"नेपाली विद्यार्थीले आफूहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको बताएका छन् भने क्याम्पस प्रशासनले स्वैच्छिक रूपमा उनीहरू बाहिरिएको जनाएको छ," दूतावासका अधिकारीले भने।

के भएको हो?

हाल स्नातक तेस्रो वर्षमा रहेका एक नेपाली विद्यार्थीका अनुसार केआईआईटीमै अध्ययनरत बुटवलकी ती छात्रालाई क्याम्पसकै होस्टलभित्र आइतवार दिउँसो ५ बजेतिर "झुन्डिरहेको अवस्थामा" फेला पारिएको थियो।

"ढोका नखुलेपछि होस्टलका वार्डनले भेन्टिलेशनबाट देखेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ हामी पुग्दासम्म उनको मृत्यु भइसकेको रहेछ," नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार मृत्युको घटनापछि नेपाली विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै साँझबाट प्रदर्शन गर्न थाले।

"प्रदर्शनका क्रममा उत्तेजक भिडले छात्रावासका ढोका फुटाल्ने र उपकुलपतिलक्षित असभ्य गालीगलौज पनि गरे। नेपाली विद्यार्थीहरूको तर्फबाट गल्ती त्यही भएको हो," ती विद्यार्थीले भने।

त्यसपछि क्याम्पस प्रशासनले जबाफी कदम चालेको बीबीसी नेपालीसँग कुरा गरेकी अर्की छात्राले बताइन्।
"सखारै क्याम्पस प्रशासनले एउटा नोटिस जारी गर्दै सबै नेपाली विद्यार्थीहरूलाई बाहिरिन भनियो," उनले भनिन्।

नेपाली विद्यार्थीहरूका अनुसार खास गरी छात्रहरूलाई होस्टलबाट बलपूर्वक निकाली बसमा हालेर रेल्वे स्टेशनसम्म पुर्‍याइएको छ।

दूतावास तथा विद्यार्थीहरूका अनुसार केआईआईटीमा लगभग ७०० जना नेपालीहरू कम्प्युटरदेखि व्यवस्थापनसम्मका विषय पढ्दै आएका छन्। यकिन सङ्ख्याबारे चाहिँ स्पष्ट हुन सकेको छैन।

"अहिले सबै नेपाली विद्यार्थीहरू आआफ्नो चाँजोपाँजो मिलाउन लागिपरेका छन्। रेल, हवाईजहाज जेको टिकट पाइरहेका छन्, त्यसैमार्फत् फर्किन खोजिरहेका छन्," ती छात्राले भनिन्।

अर्का छात्रका अनुसार कतिपय चाहिँ केही दिनमा फर्कन पाइन्छ कि भन्ने आशामा उतै बस्न खोजिरहेका छन्।

दूतावास के भन्छ

नेपाली दूतावासका अधिकारीहरूले दिल्लीस्थित केआईआईटीका प्रतिनिधिहरूसँग आफूहरूले घटनाबारे छलफल गरेको बताएका छन्। सो क्रममा "स्वतन्त्र र निष्पक्ष" छानबिनमा आफूहरूले जोड दिएको एक अधिकारीले बताए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनामा जोडिएका एक भारतीय छात्रविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता भएको छ। दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख सुरेन्द्र थापाले बीबीसीलाई बताएअनुसार क्याम्पस प्रशासन नेपाली विद्यार्थीहरूलाई फर्कन दिन राजी भएको छ।

"उहाँहरूले नोटिस फिर्ता लिनुभएको छ। होस्टलमा पुनः बस्न दिन र कक्षा लिन दिन सहमत भइसक्नुभयो," थापाले अगाडि थपे। "हामीले सम्पर्कमा रहेका विद्यार्थीहरूलाई फर्कन भनिरहेका छौँ।"

तर नेपाल हिँडिसकेका विद्यार्थीहरू कहिलेसम्म फर्किने भन्नेबारे अन्योलमा रहेको बताएका छन्। "यही भएका विद्यार्थीहरू पनि माहोल हेरेर मात्र क्याम्पस फर्कने भनिरहेका छन्," एक नेपाली विद्यार्थीले भने।

नेपालको परराष्ट्र मन्त्रालयले भने दूतावासमार्फत् समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ।

नेपाली दूतावासले नेपाली विद्यार्थीहरू सुरक्षित रहेको सुनिश्चित गर्नका निम्ति मङ्गलवार दूतावासका दुई जना अधिकारीलाई ओडिसा पठाउन लागेको नियोग उपप्रमुख थापाले बताए।

क्याम्पस के भन्छ?

केआईआईटी प्रशासनले 'बी टेक' तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राको "आत्महत्या" बाट ज्यान गएको जनाएको छ।

घटनापछि नेपाली विद्यार्थीहरूले सडकमा अवरोध समेत पुर्‍याएको क्याम्पस प्रशासनको दाबी छ। हाल स्थिति सामान्य अवस्थामा फर्किसकेको सोमवार दिउँसो जारी एउटा विज्ञप्तिमा उल्लेख छ।

"विद्यार्थीहरूलाई क्याम्पस फर्किन प्रोत्साहित गरिन्छ र उनीहरू छिटै नियमित कक्षामा सहभागी हुन पाउने छन्," केआईआईटीको विज्ञप्तिमा उल्लेख छ। भारतीय क्याम्पसहरूमा ठूलो सङ्ख्यामा नेपालीहरू अध्ययनरत रहेका बताइन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending