Ntc summer Offer
Khabar Dabali १२ चैत्र २०८१ मंगलवार | 25th March, 2025 Tue
Investment bank

भारतीय क्याम्पसमा नेपाली छात्राको मृत्यु प्रकरण के हो ?

खबरडबली संवाददाता

काठमाडौं । एक नेपाली छात्राको "शङ्कास्पद मृत्यु"को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत तर छात्रावास छाड्नुपरेका नेपाली विद्यार्थीहरूले अन्योल र चिन्तामा परेको बताएका छन्।

आइतवार साँझतिर बुटवल घर भएकी ती छात्रा "झुन्डिएको पाइएको" घटनापछि क्याम्पसमा तनाव सिर्जना भएको बताइएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बीबीसी नेपालीलाई बताएअनुसार घटनाबारे क्याम्पस प्रशासन र नेपाली विद्यार्थीहरूले फरकफरक विवरण दिएका छन्।

"नेपाली विद्यार्थीले आफूहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको बताएका छन् भने क्याम्पस प्रशासनले स्वैच्छिक रूपमा उनीहरू बाहिरिएको जनाएको छ," दूतावासका अधिकारीले भने।

के भएको हो?

हाल स्नातक तेस्रो वर्षमा रहेका एक नेपाली विद्यार्थीका अनुसार केआईआईटीमै अध्ययनरत बुटवलकी ती छात्रालाई क्याम्पसकै होस्टलभित्र आइतवार दिउँसो ५ बजेतिर "झुन्डिरहेको अवस्थामा" फेला पारिएको थियो।

"ढोका नखुलेपछि होस्टलका वार्डनले भेन्टिलेशनबाट देखेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ हामी पुग्दासम्म उनको मृत्यु भइसकेको रहेछ," नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार मृत्युको घटनापछि नेपाली विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै साँझबाट प्रदर्शन गर्न थाले।

"प्रदर्शनका क्रममा उत्तेजक भिडले छात्रावासका ढोका फुटाल्ने र उपकुलपतिलक्षित असभ्य गालीगलौज पनि गरे। नेपाली विद्यार्थीहरूको तर्फबाट गल्ती त्यही भएको हो," ती विद्यार्थीले भने।

त्यसपछि क्याम्पस प्रशासनले जबाफी कदम चालेको बीबीसी नेपालीसँग कुरा गरेकी अर्की छात्राले बताइन्।
"सखारै क्याम्पस प्रशासनले एउटा नोटिस जारी गर्दै सबै नेपाली विद्यार्थीहरूलाई बाहिरिन भनियो," उनले भनिन्।

नेपाली विद्यार्थीहरूका अनुसार खास गरी छात्रहरूलाई होस्टलबाट बलपूर्वक निकाली बसमा हालेर रेल्वे स्टेशनसम्म पुर्‍याइएको छ।

दूतावास तथा विद्यार्थीहरूका अनुसार केआईआईटीमा लगभग ७०० जना नेपालीहरू कम्प्युटरदेखि व्यवस्थापनसम्मका विषय पढ्दै आएका छन्। यकिन सङ्ख्याबारे चाहिँ स्पष्ट हुन सकेको छैन।

"अहिले सबै नेपाली विद्यार्थीहरू आआफ्नो चाँजोपाँजो मिलाउन लागिपरेका छन्। रेल, हवाईजहाज जेको टिकट पाइरहेका छन्, त्यसैमार्फत् फर्किन खोजिरहेका छन्," ती छात्राले भनिन्।

अर्का छात्रका अनुसार कतिपय चाहिँ केही दिनमा फर्कन पाइन्छ कि भन्ने आशामा उतै बस्न खोजिरहेका छन्।

दूतावास के भन्छ

नेपाली दूतावासका अधिकारीहरूले दिल्लीस्थित केआईआईटीका प्रतिनिधिहरूसँग आफूहरूले घटनाबारे छलफल गरेको बताएका छन्। सो क्रममा "स्वतन्त्र र निष्पक्ष" छानबिनमा आफूहरूले जोड दिएको एक अधिकारीले बताए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनामा जोडिएका एक भारतीय छात्रविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता भएको छ। दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख सुरेन्द्र थापाले बीबीसीलाई बताएअनुसार क्याम्पस प्रशासन नेपाली विद्यार्थीहरूलाई फर्कन दिन राजी भएको छ।

"उहाँहरूले नोटिस फिर्ता लिनुभएको छ। होस्टलमा पुनः बस्न दिन र कक्षा लिन दिन सहमत भइसक्नुभयो," थापाले अगाडि थपे। "हामीले सम्पर्कमा रहेका विद्यार्थीहरूलाई फर्कन भनिरहेका छौँ।"

तर नेपाल हिँडिसकेका विद्यार्थीहरू कहिलेसम्म फर्किने भन्नेबारे अन्योलमा रहेको बताएका छन्। "यही भएका विद्यार्थीहरू पनि माहोल हेरेर मात्र क्याम्पस फर्कने भनिरहेका छन्," एक नेपाली विद्यार्थीले भने।

नेपालको परराष्ट्र मन्त्रालयले भने दूतावासमार्फत् समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ।

नेपाली दूतावासले नेपाली विद्यार्थीहरू सुरक्षित रहेको सुनिश्चित गर्नका निम्ति मङ्गलवार दूतावासका दुई जना अधिकारीलाई ओडिसा पठाउन लागेको नियोग उपप्रमुख थापाले बताए।

क्याम्पस के भन्छ?

केआईआईटी प्रशासनले 'बी टेक' तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राको "आत्महत्या" बाट ज्यान गएको जनाएको छ।

घटनापछि नेपाली विद्यार्थीहरूले सडकमा अवरोध समेत पुर्‍याएको क्याम्पस प्रशासनको दाबी छ। हाल स्थिति सामान्य अवस्थामा फर्किसकेको सोमवार दिउँसो जारी एउटा विज्ञप्तिमा उल्लेख छ।

"विद्यार्थीहरूलाई क्याम्पस फर्किन प्रोत्साहित गरिन्छ र उनीहरू छिटै नियमित कक्षामा सहभागी हुन पाउने छन्," केआईआईटीको विज्ञप्तिमा उल्लेख छ। भारतीय क्याम्पसहरूमा ठूलो सङ्ख्यामा नेपालीहरू अध्ययनरत रहेका बताइन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशीको टोली हेटौँडामा

बागमती । सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत बागमती प्रदेशमा पछिल्लो सयम यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्र...

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । ...

कुलमानलाई हर्क साम्पाङले भने- राजनीतिमा आउनुस्, अब एउटा दल खोलेर मन्त्री बन्नुपर्छ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कुलमान घिसिङलाई राजनीतिमा आउन सुझाव दिएका छन्। उनले सरकारले हटाए पनि चिन्ता नलिन भन्दै अब एउटा दल...

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय...

सरकारविरुद्ध बालेनको आक्रोश- एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति आक्रोश पोखेका छन्।  सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलबलगायत सबै...

विद्युत् प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाँदै कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन्।  ...

ओली लक्षित ‘माग्ने बूढा’को व्यंग्य- कुलमानलाई भुलमान, सालोलाई पालो

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि नागरिकदेखि नेतासम्म चौतर्फी विरोध भइरहेको छ। ...

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

तानसेन । बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन् । स्थानीयले लगाएको खेती बाँदरले नष्ट पार्नु...

लौका बेचर मासिक ४० हजार रुपैयाँ आम्दानी

इलाम । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आएकी छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि ...

देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा  बाँकी भागक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy