लमजुङ । हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् ।
‘पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ’, उनले अनुभव सुनाउँदै भनिन्, ‘बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ।’ सावित्रीले घरबासमा व्यापार मात्रै गर्दिनन्। त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पहिचान झल्काउँछिन्।
‘सेल रोटी पेटभरि खाउँ है!
रैथाने चामलले बनाएको, केही हानि गर्दैन।’
सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्छिन् । नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । पुग्नुको प्रसङ्ग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो।
उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भनिन्, ‘घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो।’
सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो।
लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्नसक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिएका थिए । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा तीन सय १० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन्।
‘लमजुङ घरबासले धानेको जिल्ला हो। यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्’, मन्त्री गुरुङले भने, ‘घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पुर्याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ।’
मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यासायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरो बताए। सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उनले जानकारी दिए।
आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायिक रहेको हेमबहादुरले अनुभव सुनाए। मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृङ्खलाका दृश्यहरू हुन्।
पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन्। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ०७:५६
काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...
पौष २५ गते, २०८२ - ०७:५२
काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...
पौष २५ गते, २०८२ - ०७:४४
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...
पौष २५ गते, २०८२ - ०७:४२
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...
पौष २५ गते, २०८२ - ०७:३८
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...
पौष २५ गते, २०८२ - ०७:३६
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...
पौष २५ गते, २०८२ - ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...
पौष २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...
पौष २५ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
पौष २५ गते, २०८२ - ०७:१२
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...




प्रतिकृया लेख्नुहोस्: